रोनाल्डोको गोलसँगै युभेन्ट्स शीर्षस्थानमा
सुपरस्टार क्रिस्टियानो रोनाल्डोको गोलसँगै युभेन्ट्सले इटालियन सिरी ‘ए’ फुटबलको शीर्षस्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा युभेन्ट्सले एस रोमालाई उसकै मैदानमा २–१ गोलले हरायो ।
युभेन्ट्सको जितमा मेरिह डेमिरल र रोनाल्डोले एक एक गोल गरे । रोमाका लागि डिएगो पेरोटीले सान्त्वना गोल फर्काए । तेस्रो मिनेटमै मेरिह डेमिरलले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । उनले पिजानिकको फ्रिकिक पासमा गोल गरेका थिए ।
१०औं मिनेटमा रोनाल्डोले पेनाल्टी मार्फत गोलगर्दै युभेन्ट्सको अग्रता दोब्बर बनाए । रोमाका जोर्डन भेरेटाउटले युभेन्ट्सका पाउलो डिबालालाई डिबक्स भित्र लडाएपछि युभेन्ट्सले पेनाल्टी पाएको थियो । रोमाले ६८औं मिनेटमा पेनाल्टी मार्फत एक गोल फर्कायो । युभेन्ट्सका एलेक्स सान्द्रोको ह्यान्ड गरेपछि रोमाले भिएआरको सहायतामा पेनाल्टीको मौका पाएको थियो । जसलाई डिएगो पेरोटीले सही सदुपयोग गरे । त्यसपछि दुवै टोलीले लगातार गोल गर्ने अवसर बनाएपनि थप गोल नहुँदा युभेन्ट्स विजयी भयो ।
जितसँगै युभेन्ट्सले इन्टर मिलानलाई दुई अंकले पछि पारेको छ । शीर्षस्थानमा रहेको युभेन्ट्सको १९ खेलबाट ४८ अंक छ । समान खेलबाट ४६ अंक बनाएको इन्टर मिलान दोस्रो स्थानमा छ । रोमा ३५ अंकसहित पाँचौ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण