क्यान्सरदेखि यी १८ रोगबाट बचाउँछ गाजरले
स्वास्थ्यको लागि निकै फाइदाजनक हुन्छ । रेसादार तरकारी भएकाले यो निकै गुणवान हुन्छ । १ सय ग्राम गाजरमा ८० ग्राम पानी, ४.७ ग्राम ग्लुकोज, २.८ ग्र्राम रेसा, ०.९ ग्राम प्रोटिन, ०.३ बासो त्यस्तै भिटामिन के पनि पाइन्छ ।
सामान्यतः सलादको रुपमा प्रयोग गरिने गाजरको प्रयोग गर्ने गरिन्छ । जसले मानव शरीरलाई थुप्रै रोगबाट बच्न मद्दत गर्छ ।
क्यान्सरसँग लड्न
गाजरमा हुने भिटामिन ए, सी र बी ६ ले स्तन क्याक्सर, फोक्सोको क्यान्सर जस्ता क्यान्सरबाट बचाउँछ ।
मुटुको रोगबाट बच्न
फाइबर र पोटाशियमले भरिएको गाजर खादाँ मुटु पनि स्वस्थ हुन्छ । यसले हाइपरटेन्शनबाट पनि बचाउँछ । रक्तचाप सन्तुलन राख्न र हृदयघातबाट बच्नको लागि गाजर खानुपर्छ ।
तौल कम गर्न
यदि तपाईं तौल कम गर्ने सोचमा हुनुहुन्छ भने खानामा गाजर पनि सामेल गराउनुस् । तौल घटाउनको लागि गाजर बरदान साबित हुनसक्छ । गाजरमा क्यालोरीको मात्रा कम हुने भएकाले तौल कम गर्न गाजर खाने गर्नुपर्छ । गाजरबाट भिटामिन सी धेरै पाइने भएकाले तौल नियन्त्रण गर्न लाभदायी हुन्छ । त्यसको लागि गाजरलाई तरकारी वा सलादको रुपमा प्रयोग गर्न सकिन्छ ।
यसैगरी गाजरमा मिनरल्सको मात्रा पनि उत्तिकै हुने भएकाले यसले हाइड्रोजन नियन्त्रण गर्छ । त्यसैगरी, गाजरको सेवन गर्दा इलेक्ट्रोलायट लेवल नियन्त्रण हुन्छ ।
जवान देखिन
गाजरमा हुने भिटामिन सीले कोशिकाहरुलाई छिटटै मर्न दिदैँन जसले गर्दा लामो समय जवान देखिन मद्दत गर्छ ।
गर्भपतन रोक्न
फिटल इन्फेक्शन र गर्भपतन रोक्नको लागि गाजर सेवन गर्न आवश्यक छ । यसैगरी गाजरले स्तनपान गराउने महिलाहरुमा दूध उत्पादनको मात्रा बढाउँछ । महिनावारीको दौरान हुने क्र्याम्पस र मीनोपोज हुने महिलाहरुका लागि गाजर उपयुक्त हुन्छ ।
कपाल झर्न रोक्छ
कपाल झर्न सुरु भयो भने गाजरको सेवन गर्नुस् । यसले कपाल बढाउने र झर्ने समस्या रोक्न मद्दत गर्छ ।
यस्तै गाजरका अन्य फाइदाहरु पनि हुन्छ । यसले आँखाको ज्योती बढाउँछ । गाजरमा प्रोटीनको मात्रा बढी हुने भएकाले यसको जूस फाइदाजनक मानिन्छ । यसमा भएको क्याल्शियमले हड्डीहरु मजबुत बनाउँछ । उच्च रक्तचाप, कालेस्ट्रोल जस्ता समस्याहरु हुन दिँदैन । मुखको दुर्गन्ध, कालो मुसा आउन नदिने र अनुहारमा चमक पनि ल्याउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण