माघे संक्रान्तिको अवसरमा प्रदेश ५ को मुख्यमन्त्री कार्यालयमा शुभकामना आदानप्रदान कार्यक्रम
बुटवल । प्रदेश नम्बर पाँचका मुख्यमन्त्री शंकर पोखरेलले माघेसंक्रान्ति तथा माघी पर्वको अवसरमा मंगलबार मुख्यमन्त्री निवास बुटवलमा शुभकामना आदान–प्रदान कार्यक्रममा राखेका छन् ।
सो अवसरमा बोल्दै मुख्यमन्त्री पोखरेलले सामाजिक सद्भाव र एकताले समाजलाई समृद्धिको दिशामा लैजाने बताए ।
प्रदेश ५ मा विभिन्न जातजाति भाषाभाषीहरुको बसोबास भएको उल्लेख गर्दै मुख्यमन्त्रीले सबै जातजातिले मनाउने पर्वहरू उत्तिकै महत्त्वपूर्ण रहेको बताए ।
प्रदेश पाँचमा विशेष महत्वका साथ मनाइने माघी पर्वलाई सबै समुदायले महत्व दिएको बताउंदै मुख्यमन्त्री पोखरेलले यो सद्भावलाई सबैले आत्मसाथ गर्नुपर्नेमा जोड दिए ।
माघी पर्वको अवसरमा प्रदेश सरकारले माघ १ र २ गते सार्वजनिक बिदा दिएको छ । माघी पर्व मगर र थारु समुदायले विशेष महत्वका साथ मनाउँछन् ।
शुभकामना आदानप्रदान कार्यक्रममा प्रदेश प्रमुख धर्मनाथ यादव, न्यायधीश,मन्त्री तथा प्रदेश सभाका सदस्यहरुलगायतको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण