शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

सगरमाथा चढ्दा तलमाथि र दायाँबाया गर्नुपर्छ : प्रचण्ड

बुधबार, ०१ माघ २०७६, १७ : ३६
बुधबार, ०१ माघ २०७६

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पमकल दाहाल ‘प्रचण्ड’ आन्दोलन, संघर्ष र क्रान्ति भन्ने कुरा ठुलो पहाड चढेजस्तै रहेको बताएका छन् । बुधबार काठमाडौँको टुँडिखेलमा माघी महोत्सवलाई सम्बोधन गर्दै प्रचण्डले सो कुरा बताएका हुन् । 

‘अहिलेसम्म कसैले नचढेको ठुलो पहाड चढेजस्तै हो यो । र पहाड चढ्दा तपाईहरुले थाहा पाउनुभएको छ ? सगरमाथा चढ्दा सिधै अगाडि बढ्न सक्नुहुन्न । कहिले दायाँ त कहिले बायाँ फर्कनुपर्छ । त्यतिमात्रै होइन कहिले तल झरेजस्तो गर्नुपर्छ कहिले माथि गएजस्तो र चौतारीमा विसाउने पनि गर्नुपर्छ’, प्रचण्डले द्वन्द्व र संघर्षलाई सगरमाथा चढाइसँग तुलना गर्दै भने, ‘यो कुरा नबुझिकन आरोपित गर्नेतिर लाग्नुभयो भने भलो गर्दैन,’ टुँडिखेलमा ३ घण्टा बसेर १५ मिनेटमात्रै सम्बोधन गरेका प्रचण्डले भने। 

संविधान बन्नुभन्दा अघिसम्म थारु समुदायको अलग क्लस्टर र पहिचान नभएको भन्दै उनले थारु समूदायको पहिचानका लागि संघर्ष गरेको बताए । ‘पहिचान अलग बनाउनु के गल्ती हो ?’ प्रचण्डको प्रश्न थियो । 

उनले आफूले संविधान बनाउने बेलामा पार्टीको अध्यक्षको हैसियतले ‘आदिवासी, दलित, महिला, मुस्लिमलगायतलाई यति संविधानले पुग्दैन, थप अधिकार’ आवश्यक छ भनेर संविधानसभामा नै रिर्जर्भेसन राख्ने पार्टी र आफू रहेको हेक्का राख्न आग्रह गरे । 

प्रचण्डले अझै अघि जानुपर्ने भन्दै अहिले त आफूहरु विश्राम लिएको वा चौतारीमा बिसाएको मात्रै बताए । भने, ‘हाम्रो आन्दोलन जारी छ ।’

उनले संविधानलाई गतिशील दस्तावेज भन्दै यसलाई निरन्तर संशोधन गर्दै जानुपर्ने पनि बताए । अहिलेको संविधानले देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाधीनताबाहेक कुनै कुरालाई अपरिवर्तनीय नभनेको भन्दै प्रचण्डले बाँकी सम्पूर्ण राजनीतिक मुद्दा परिवर्तनीय भएको बताए ।

पहिचान र अधिकारको बहस चलिरहेको र आन्दोलनको परिस्थिति रहिरहेको भन्दै उनले यसमा नयाँ चिज लिनखोज्दा बुद्धि पुर्याउनुपर्ने बताए । ‘यसमा हामीले नयाँ चिज खोज्दा पोल्टाको चिज नखसोस् भन्ने कुरामा ध्यान दिनैपर्छ’ प्रचण्डको भनाइ छ । कुनैपनि चिज प्राप्त एकैचोटी नहुने भन्दै मानवजाति र नेपालको स्थिति पनि त्यस्तै रहेको प्रचण्डको भनाइ छ ।  उनले राजनीतिक रुपमा लागेका झुटा मुद्दा खारेज गर्न आन्दोलन जारी रहेको र त्यसमा हातेमालो गरेर जानुपर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप