काँग्रेस नेता पौडेल र भारतीय रक्षामन्त्री सिंहबीच भेटवार्ता
काठमडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र भारतका रक्षामन्त्री एवं भारतीय जनता पार्टीका पूर्वअध्यक्ष राजनाथ सिंहबीच नयाँ दिल्लीमा भेटवार्ता भएको छ । भेटमा द्विपक्षीय सम्बन्ध र वर्तमान राजनीतिक अवस्थाबारे छलफल भएको नेता पौडेलले जानकारी दिए ।
वरिष्ठ नेता पौडेल रक्तचापको समस्या देखिएपछि उपचारका लागि सोमबार भारतको नयाँदिल्ली गएका थिए ।
स्वास्थ्योपचारसँगै राजनीतिक भेटवार्ता पनि भएको र बिहीबार थप भारतीय उच्च नेतासँग भेटवार्ता हुने सम्भावना रहेको उनका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए ।
यसैगरी उपचारका लागि नयाँदिल्लीमा रहनुभएका नेता पौडेलले सङ्क्रान्ति तथा माघी पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरे ।
यस्ता चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान, अनेकतामा एकता कायम गर्नमा महत्वपूर्ण योगदान दिएको उहाँले शुभकामना सन्देशमा उल्लेख गरे ।
नेपाली संस्कृतिभित्रको एक महत्वपूर्ण चाडका रूपमा रहेको मकरसङ्क्रान्ति र माघी पर्वले सबै नेपालीमा नयाँ उमङ्गसहित हर्षोल्लास र शान्तिको सन्देश फैलाइ सबै नेपालीबीचको एकता, सद्भाव, मित्रता, मेलमिलाप र सहिष्णुतालाई अक्षुण्ण राख्न सकोस् भनी नेता पौडेलले शुभकामना दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण