रुसी राष्ट्रपति पुटिनद्वारा कानून सुधारको घोषणासँगै प्रधानमन्त्रीद्वारा राजीनामा
एजेन्सी । राष्ट्रपति भ्लादिमीर पुटिनले वर्तमान् संवैधानिक व्यवस्थालाई सुधारको प्रस्ताव गरेपछि रुसका प्रधानमन्त्री दिमित्री मेदवेदेवले बुधबार राजीनामा दिएका छन् । रूसी राष्ट्रपतिसँग टेलिभिजनमार्फत् भएको सम्वोधनमा मेदवेदेवले नयाँ सुधार प्रस्तावहरूले देशको शक्ति सन्तुलनमा उल्लेखनीय परिवर्तन गर्ने बताएका छन् ।
सुधार प्रस्तावमा राष्ट्रपतिको सट्टा संसदलाई प्रधानमन्त्री र वरिष्ठ मन्त्रीपरिषद् सदस्यहरू छनौट गर्ने अधिकार समावेश गरिएको बताइएको छ । प्रधानमन्त्रीले भने, ‘वर्तमान स्वरूपमा रहेको सरकार प्रमुखका हैसियतमा मैले पदबाट राजिनामा गरेको छु । हामीले राष्ट्रपतिलाई सबै आवश्यक कदम चाल्ने सम्भावना प्रदान गर्नुपर्दछ ।’ प्रधानमन्त्रीका अनुसार सुधारका आगामी सबै निर्णय राष्ट्रपतिले लिनेछन् ।
उक्त अवसरमा लामो समयदेखि सहयोगी भूमिका खेल्दै आएका मेदवेदेवलाई नयाँ सरकार नबनाएसम्म सरकार प्रमुखको रूपमा काम गरिरहन पुटिनले आग्रह गरेका छन् । ‘मैले प्रधानमन्त्रीका रूपमा तपाईँले गरेका सबै कुराका लागि तपाइँलाई धन्यवाद दिन चाहन्छु, यस क्रममा उपलब्धि हाँसिल गरेका नतिजाहरूप्रति आभारी छु,’ पुटिनले भने ।
उनले सुरक्षा परिषद्को उप–प्रमुखको पद पनि प्रस्तावित गरेका छन् भने यसको नेतृत्वका लागि मेदवेदेवलाई नै सुझाव दिएका छन् । एक हप्ता पहिले पुटिनले संसदको भूमिका सुदृढ पार्ने रूसको संविधानमा सुधारको प्याकेजमा जनमत संग्रहको प्रस्ताव गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण