यस्तो छ नेहा कक्कड र आदित्यनारायण झाको विवाहको वास्तविकता
नेपाली गायक उदितनारायण झाका छोरा आदित्यनारायण झाको विवाह तय भएको छ । उनको टेलिभिजन रियालिटी शो ‘इन्डियन आइडल –११’ को सेटमा गायिका नेहा कक्कडसँग विवाह तय भएको हो ।
पछिल्लो आइडलको एउटा एपिसोडमा नेहा र आदित्यका आमाबुबा आएर उनीहरुको विवाह तय भएको घोषणा गरेका थिए । आमालाई देखेर नेहा आश्चर्यमा परिन् भने आदित्य सेटमा खुशीले नाचेँ ।
आमालाई देखेर नेहाले सोधिन्, ‘यहाँ के भइरहेछ ? ’ उत्तर दिँदै आमाले भनिन्, ‘हामीले तिम्रो विवाह आदित्यसँग तय गरेका छौं। मलाई यो केटा राम्रो लाग्छ।’ सोमा आदित्यकी आमा पनि उपस्थित थिइन्। उनले नेहासँग भनिन्, ‘हामी तिमीलाई धेरै माया गर्छौं र तिम्रो फ्यान पनि हौं।’
सोमा दुवैको विवाह तय गर्न पुगेका उदितनारायणले भने, ‘हामी यहाँ आदित्य र नेहाको विवाह गराउन आएका हौं।’ त्यसपछि आदित्य स्टेजमा नाच्न थाले। नेहासँगै रहेका दुवै जज हिमेश रेशमिया र विशाल ददलानीले खुसी व्यक्त गरे। हिमेशले भने, ‘१४ फेब्रुअरीमा विवाह गर्ने भए १ फेब्रुअरीमा मेहन्दीको आयोजन होस्।’
यो एक झलक साच्चै विवाह गर्ने घोषणा हो वा नाटक मात्रै हो त्यो भने खुलाइएको छैन । यद्यपि, यसअघि पनि नेहा र आदित्यको सम्बन्धलाई लिएर चर्चा भइरहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण