नेपालका हिमालहरु सुरक्षित र सफा छन् : पर्यटनमन्त्री भट्टराई
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालका हिमालहरु सुरक्षित र सफा छन् भन्ने सन्देश विश्वभरी दिनुपर्ने बताएका छन् । कञ्चनजंघा हिमाल सरसफाई अभियान सम्बन्धी अन्तक्र्रिया कार्यक्रममा मन्त्री भट्टराईले बाहिर जतिसुकै नकारात्मक कुराहरु आएपनि नेपालका हिमाल सुरक्षित रहेको बताए ।
नेपाली हिमालहरु सफा छन् भन्ने सन्देश विश्वभरी फैलाएर पर्यटन आवागमन बढाउनेतर्फ सबैको ध्यान जानुपर्ने उनको भनाइ छ । ‘भ्रमण वर्षलाई ख्याल गर्दै हिमालहरु सुरक्षित छन् हिमालहरु सफा छन् भन्ने सन्देश विश्वमा दिनका लागि २०२० मा हिमाल आरोहणको अभियानलाई अगाडी बढाउनुपर्छ’, मन्त्री भट्टराईले भने ।
नेपालको आर्थिक विकास र पर्यटनका लागि हिमालहरु महत्पूर्ण सम्पत्ति भएको मन्त्री भट्टराईको भनाइ छ । अहिले ४५, ४६ करोड राजस्व संकलन हिमालबाट भएपनि यो अत्यन्तै न्यून भएको र बढी राजस्व उठाउनेतर्फ ध्यान दिनुपर्ने उनले बताए ।
हिमालसँग जोडिएका स्थानीय सरकार र प्रदेश सरकारहरुलाई समेत अभियानमा सहभागि गराउन सकेमात्रै सबैले अपनत्व ग्रहण गर्न सक्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा
-
हत्या आरोपमा एकै घरका तीन जना पक्राउ
-
१०८ धाराले थप आकर्षक बन्दै रामधुनी मन्दिर
-
दाउन्नेको सास्ती हट्यो, सहज बन्दै नारायणघाट–बुटवल यात्रा
-
१६ वर्ष लामो खडेरी समाप्त: २०१० पछि पहिलो पटक विश्वकपको सेमिफाइनलमा स्पेन
-
कीर्तिपुरको राधास्वामी सत्संगस्थित होल्डिङ सेन्टर जलमग्न, सुकुमबासीहरू समस्यामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण