सिप्रदी ट्रेडिङ्गद्वारा “टाटा दशैं वम्पर लक्की ड्र” उपहार घोषणा
काठमाडौं– टाटा मोटर्स नेपालको लागि एक मात्र आधिकारिक विके्रता सिप्रदी ट्रेडिङ्गद्वारा दशैं वम्पर लक्की ड्रको उपहार घोषणा गरेको छ ।
टाटा मोटर्सले दशैं, तिहार लक्षित गरेर आफ्ना ग्राहकहरुको लागि विभिन्न आकर्षक पुरस्कारहरु सहित योजना गरेको उक्त लक्की ड्रको यहि माघ ३ गते काठमाडौंको हायात होटलमा विभिन्न मनोरञ्जनात्मक प्रस्तुति सहित उपहार वितरण कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । उक्त कार्यक्रममा ग्राहकहरुको बाक्लो उपस्थिति रहेको थियो ।
बुटवल, हेटौंडा, इटहरी, नेपालगञ्ज तथा पोखरामा लक्की ड्र को कार्यक्रम पौष २१ गते आयोजना गरिएको थियोे । देशैभरबाट कुल १७३२ जना ग्राहकहरुले उक्त लक्की ड्र मा सहभागिता जनाउनु भएको थियो, जस मध्ये ७६ जना भाग्यशाली ग्राहकहरुले विभिन्न उपहारहरु तथा विदेश भ्रमणको अवसर प्राप्त गरे ।
कुल विजेता मध्ये १३ जना ग्राहकहरुले एल.जी को ३१० लिटर क्षमताको डबल डोर फ्रिज, १३ जनाले एल.जी को ८ के.जी क्षमताको वासिङ मेसिन, १३ जनाले सामसुङको नोट टेन, १५ जनाले दुबई टुर, १५ जनाले सोनीको ५५ ईन्च फोर के इन्टरनेट टी.भी. र ७ जोडीले क्रुजमा घुम्ने अवसर प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण