छोराछोरी बेच्ने ठाउँ : विदेशीहरुले यौनसम्बन्धको लागि बालबालिका किन्ने गरेको खुलासा
सुन्दा अचम्म लाग्छ, कोही आमाबुबा कसरी आफ्नो सन्तानलाई पैसाको लागि बेच्न सक्छन् ? त्यो पनि एकदमै थोरै भन्दा थोरै पैसामा । तर, गरिबी यस्तो अवस्था हो जसले मान्छेलाई जुनसुकै काम गर्न पनि बाध्य बनाउँछ । त्यस्तै, गरिबीको चपेटामा पिल्सिएका अफ्रिकी मुलुक गाम्बियामा छोराछोरीको भविष्य र आफ्ना लागि दुई छाक टार्नको लागि आफ्नै छोराछोरीको व्यापार गर्ने गरेको भेटिएको छ ।
यतिसम्म कि उनीहरुले आफ्ना छोराछोरीलाई जम्मा २०० रुपियाँमा बेचिरहेको र किन्नेहरुले ती बालबालिकालाई बलात्कार गर्ने गरेको खुलेको छ ।
द सनको वेभसाइटमा छापिएको समाचारको अनुसार थुप्रै बच्चाहरु बेच्न र किन्न राखिएको पाइएको छ । ती बालबालिकालाई किन्नको लागि विभिन्न देशहरुबाट आउने धनि व्यक्तिहरु आउने गरेको पाइन्छ । धनि व्यक्तिहरुले गरिब देशको कमजोर कानुनी व्यवस्थाको फाइदा उठाइरहेका छन् । जो विदेशीहरु बिदा मनाउन त्यहाँ जान्छन् तिनीहरुले नै यस्तो व्यापार चलाइरहेका छन् ।
उक्त वेभसाइटमा छापिएका तस्बिरहरुमा गोरा विदेशीसँग अफ्रिकी मुलका बालबालिकाको तस्बिर देख्न सकिन्छ । उनीहरु ती बालबालिकालाई खुवाउने, घुमाउने र तिनीहरुसँग शारीरिक सम्बन्ध राख्ने गर्छन् ।
वेभसाइटका अनुसार पुरुषहरु मात्रै होइन महिलाहरु पनि बच्चाहरु किन्ने गर्छन् । गरिबीका कारण आमाबाबु ति बच्चाहरु विदेशीहरुलाई सुम्पिन्छन् ।
त्यहाँका मानिसहरु बच्चा विदेशीलाई दिएर उनीहरुको उज्वल भविष्यको कामना गर्छन् तर वास्तवमा ती बालबालिका अर्कै कामका लागि प्रयोग हुने गरेका छन् ।
उक्त वेभसाइटले गरिबीको चपेटामा परेका आमाबुबाले छोराछोरी बेचिरहेको तस्बिर सार्वजनिक गर्दै ती आमाबुबाले केवल २ युरोको लागि छोराछोरी बेच्ने गरेको खुलासा पनि गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण