अष्ट्रेलियामा बर्सियो ‘बल’ जत्रो असिना
अष्ट्रेलियाको दक्षिणपूर्वी भूभागमा ‘गल्फ बल’ जत्रो असिना बर्सिएको छ । उक्त असिनले कारको झ्यालमा क्षती पुर्याउनुका साथै थुप्रै चराचुरुङ्गीलाई घाइते बनाएको जानकारीमा उल्लेख छ । धुलोको मुस्लोयुक्त भयानक आँधी आएको २४ घण्टा नबित्दै उक्त स्थानमा असिना परेको हो ।
सोमबार अपरान्ह देशको राजधानी क्यानबेरामा बलजत्रो असिना परेको हो । असिना परेसँगै कोही मानिस ओत लाग्न दौडिए भने असिनाको सम्भावित क्षतीबाट बच्नका लागि ड्राइभरले आफ्नो साधनलाई अन्डरग्राउन्ड पार्किङतिर कुदाए ।
१५ मिनेटपछि २ इन्च चौडाइ भएको असिना पर्न रोकियो तर ती गाडीको झ्यालको सीसा फुटाउन र दर्जनौं चराचुरुङ्गीलाई चोट पुर्याउन पर्याप्त भएको क्यानबेरामा रहेको अष्ट्रेलियन संस्थाका अनुसन्धानकर्ता तोम स्वानले जानकारी दिए ।
अष्ट्रेलियाको मौसम विभागका अनुसार उक्त असिना अब सिड्नी, ओलङ्गङ्ग र न्यूक्यासल सरेको छ । मौसम विभागले उक्त क्षेत्रमा विनासकारी आँधी, ठूला असिना र भारी वर्षाको सम्भावना भएको भन्दै चेतावनी जारी गरेको छ ।
उक्त असिना आइतबार बेलुकी धुलोको आँधी आएको २४ घण्टा नबित्दै परेको हो । उक्त आँधीले शहरलाई घप्लक्कै छोपेको थियो भने सूर्यलाई पनि ढाकेको थियो जसका कारण केही शहर दिउँसै अँध्यारो भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
