एन्फा अध्यक्ष मिलनमाथि हातपात गर्ने मनाङेमाथि कारबाही गर्न काँग्रेस संसदीय दल गण्डकीको माग
पोखरा । काँग्रेस संसदीय दलले अखिल नेपाल फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङमाथि हातपात गर्ने प्रदेशसभा सदस्य दीपक मनाङेलाई न्यायोचित कारबाही गर्न माग गरेको छ । संसदीय दलको बिहीबार बसेको बैठकले अध्यक्ष मिलनलाई हातपात गर्नेमाथि कारबाही नभए सदनमा आन्दोलन गर्ने समेत चेतावनी दिएको छ ।
‘मुख्यमन्त्री कप उद्घाटन कार्यक्रम अघि एन्फाका कास्की अध्यक्षमाथि गरिएको हातपात निन्दनीय छ,’ काँग्रेस संसदीय दल गण्डकीका उपनेता मेखलाल श्रेष्ठले भने, ‘हातपात गर्नेमाथि न्यायसंगत कारबाही गरिनुपर्छ ।’
अध्यक्ष गुरुङमाथि हातपात गरेका प्रदेशसभा सदस्य दीपक मनाङेलाई प्रहरीले आजै नियन्त्रणमा लिइसकेको छ ।
यस्तै, उपनेता श्रेष्ठले निर्वाचन पूर्वाधार बजेट बाँडफाँड गर्दा प्रतिपक्षलाई कुनै भेद्भाव नगरि बजेट विनियोजन गर्ने विषयमा भएको सहमति पनि अक्षरशः कार्यान्वयन गर्नुपर्ने बैठकले निर्णय गरेको बताए । आफूहरुको माग कार्यान्वयन नभए सदन अबरुद्ध गर्ने समेत उनले चेतावनी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण