२३ हजार फिटको उचाइमा उडिरहेको विमानको इन्जिन बन्द भएपछि....
मुम्बई । भारतको मुम्बईबाट हैदरावादका लागि उडेको इन्डियो एयरलाइन्सको एक विमान २३ हजार फिटको उचाइमा रहेको अवस्थामा इन्जिन नै बन्द भएको समाचार प्रकाशमा आएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार बुधबार राति उडान भरेको केही समयपछि अचानक इन्जिन बन्द भएको हो । विमानको इन्जिन २३ हजार फिटको उचाइमा विमान उडिरहेको समयमा अकस्मात बन्द भएपछि यात्रुहरुमा सबै खैलाबैला मच्चिएको थियो ।
इन्डिगोको ‘६ई–५३८४’ विमानको इन्जिनबाट केही आवाज आएपछि एक प्रकारको कम्पन भएको थियो । तत्कालै पाइलटले उक्त इन्जिनलाई बन्द गरेको बताइएको छ ।
एउटा इन्जिन बन्द भएपछि पाइलटले अर्को इन्जिनको मद्दतलाई विमानलाई नियन्त्रणमा राख्दै आपतकालीन अवतरणका लागि मुम्बई विमानस्थलमै फर्काएका थिए ।
विमानस्थल स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएअनुसार राति १ बजेर ३९ मिनेटमा उक्त विमानलाई मुम्बई विमानस्थलमा सुरक्षित अवतरण गराइएको थियो ।
अवतरणपछि विमानको प्राविधिक पक्षको अनुसन्धान गरेका एक अधिकारीलाई उद्धृत गर्दै नवभारत टाइम्स अखबारले जनाएअनुसार इन्जिन नम्बर १ को ‘लो प्रेसर टर्बाइन नम्बर ३’मा खराबी पाइएको छ । यसले ४००६ घण्टा उडान भरिसकेको बताइन्छ । उक्त इन्जिनमा खराबी भएपछि अर्को ‘मोडिफाइड’ इन्जिनको मद्दतमा विमानलाई सुरक्षित रुपमा अवतरण गराइएको थियो, जसले ११९८ घण्टासम्म मात्र उडान भरेको थियो ।
उक्त विमानमा ९५ जना यात्री सवार थिए ।
इन्डिगो एयरलाइन्सका विमानको ‘प्राट एन्ड ह्विटनी’ इन्जिनमा उडानकै क्रममा बारम्बार समस्या आउने गरेको छ । इन्डिगोको नियो श्रेणीको विमानमा यस्तो समस्या विगत दुई वर्षमा २२ पटक भइसकेको बताइएको छ ।
भारतको नागरिक उड्डयन प्राधिकरणले इन्डिगो विमानका एयरबस ३२० (नियो) श्रेणीका सबै विमानको पुराना प्राट एन्ड ह्विटनी इन्जिन परिवर्तन गर्न समयसीमा तोकेको छ । आगामी ३१ मे सम्ममा त्यस्ता विमानको इन्जिन परिवर्तन गरिसक्नु पर्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
तपाईँ प्रधानमन्त्री बन्ने हल्ला छ नी भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
-
जनकपुरधाममा अव्यवस्थित पार्किङले सास्ती, व्यवस्थापनको पर्खाइमा सर्वसाधारण
-
भारत भ्रमण सकेर स्वदेश फर्किएका रवि लामिछानेले के भने ?
-
फेरि बढ्यो अण्डाको मूल्य : प्रति क्रेट कति पुग्यो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण