आयोगको अधिकार र स्वतन्त्रता हनन हुने काम नगर्न आग्रह
काठमाडौँ । सांसद बालकृष्ण खाँडले मानवअधिकार आयोगका अधिकारहरु सरकारले संकुचन गर्न नहुने बताएका छन् ।
प्रतिनिधिसभाको कानून न्याय तथा मानवअधिकार समितिमा मानवअधिकार सम्बन्धी पाँचौ राष्ट्रिय कार्ययोजनाको मस्यौदामाथिको छलफलमा सांसद खाँडले मानवअधिकार कुनै सरकारी निकाय नभएकोले यसको अधिकार र स्वतन्त्रता हनन हुने काम कसैले गर्न नहुने बताए ।
मानवअधिकार र आयोगले आफ्ना सीमाहरु हुने र उसले आफ्ना सीमाहरु पालना गर्नुपर्ने बताउँदै खाँडले गर्ने राज्यले मानवअधिकारका अधिकार संकुचन गर्न नहुनेतर्फ ध्यानाकर्षण पनि गराए ।
आयोगले दिएको प्रतिवेदन र गरेका सिफारिसहरु कार्यान्वयनको जिम्मा तीन वटै तहका सरकारको भएको उनले बताए । त्यसका लागि तीन वटै तहका सरकारले प्रतिवद्धता जनाउनुपर्ने खाँडको भनाइ छ ।
अर्का सांसद पद्मनारायण चौधरीले स्थानीय तहहरुमा पर्याप्त मात्रामा बजेट भएपनि स्वास्थ्य क्षेत्रमा योगदान नगरेको गुनासो गरे ।
स्थानीय तहहरुले स्वास्थ्य क्षेत्रमा निश्चित बजेट छुट्याउनुपर्ने खर्च र गर्नुपर्ने बाध्यात्मक व्यवस्था गर्नुपर्ने उनले बताए ।
शिक्षा र स्वास्थ्य क्षेत्रमा खटिएका कर्मचारीहरुले कसरी भ्रष्टाचार रोक्न सहयोग गर्न सक्छन् भन्नेतर्फ पनि सोच्न आवश्यक रहेको उनले बताएका छन् । चिकित्सकहरुको नीजि स्वास्थ्य संस्थातर्फ किन आकर्षण बढिरहेको भन्ने कुरातर्फ ध्यान दिन पनि स्थानीय तहहरुलाई उनले आग्रह गरे ।
सांसद शेरबहादुर तामाङले संवैधानि आयोगहरु गठन हुन नसकेको प्रति ध्यानाकर्षण गराए ।
समितिमा आइतबार मानवअधिकार सम्बन्धि पाँचौ राष्ट्रिय कार्ययोजना (आ.व. २०७६÷२०७७—२०८०÷०८१) को मस्यौदामाथि छलफल भएको हो । सोमबार आवश्यक थप छलफल गरी प्रधानमन्त्री समक्ष पेश गरिने समिति सभापति कृष्णभक्त पोखरेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण