गायिका आस्थाद्वारा प्रहरीसमक्ष ‘आत्मसमर्पण’
त्रिभुवन विमानस्थलमा कार्यरत प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा गायिका आस्था राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आफूलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरी जवान रमिशा श्रेष्ठले दिएको उजुरीको आधारमा उनलाई नियन्त्रणमा लिइएको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डिएससपी होविन्द्र बोगटीले राउतलाई आफन्तले नै कार्यालयमा उपस्थित गराएको रातोपाटीलाई जानकारी दिए ।
‘कानुनी प्रक्रियालाई सहयोग गर्ने भन्दै वहाँ बिहान साढे ७ बजे कार्यालयमा उपस्थित हुनुभएको हो,’ बोगटीले रातोपाटीसँग भने, ‘अब आवश्यक कानुनी प्रक्रिया अघि बढ्नेछ ।’
माघको पहिलो साता त्रिभुवन विमानस्थलमा राउत र प्रहरीबीच भनाभन भएको थियो । भनाभन भएपछि राउतले त्यसबारे असन्तुष्टि पोख्दै सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सार्वजनिक गरेकी थिइन् । भिडियोमा राउतले आफूमाथि दुर्व्यवहार भएको दाबी गर्दै प्रहरीलाई गालीगलौच गरेकी थिइन् ।
पछि विमानस्थलको सीसीटिभी भिडियो नै मिडियामार्फत सार्वजनिक गरेको प्रहरीले राउतमाथि अभद्र व्यवहारको मुद्दा दर्ता गरेको थियो । सोहीअनुसार आस्थालाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालयले अनुमती दिएको थियो ।
प्रहरीले अब राउतलाई जिल्ला प्रशासनमा उपस्थित गराउनेछ । त्यहीँबाट उनी प्रहरी नियन्त्रणमा नै रहने वा रिहा हुने प्रक्रिया अघि बढ्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण


