सभामुखको शपथविरुद्ध प्रदर्शन गर्ने मानवअधिकारकर्मी पक्राउ
नवनियुक्त सभामुख अग्नि सापकोटाको शपथ ग्रहणको क्रममा मानवअधिकारकर्मी पक्राउ परेका छन् । सापकोटालाई पद तथा गोपनियताको शपथ नराउन माग गर्दै प्रदर्शनमा उत्रिएका मानवअधिकारकर्मी पक्राउ परेका हुन् ।
सोमबार राष्ट्रपति कार्यालय शीतलनिवास अगाडि हत्या आरोपी सापकोटालाई सभामुख बनाएको भन्दै विरोध गरेका थिए ।
महानगरी प्रहरी परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीका अनुसार अधिकारीकर्मी एवं नागरिक समाजका अगुवा चरण प्रसाईंलगायत करिब १० जनालाई नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेहरुमा पुर्णिमाया लामा प्रसाईं, महामुनिश्वर आचार्य, जनक राउत, एलिना गौतम, निरन्जन थपलिया, विपिन बुढाथोकी, शंकर बुढाथोकी, बालकृष्ण गजमेर,जेसिलिन राना,प्रशान्त त्रिपाठी, राजन कुइँकेल रहेका छन् ।
उनीहरुले अदालतमा विचाराधीन मुद्दा हुँदाहुँदै सापकोटालाई सभामुख बनाइएको भन्दै विरोध प्रदर्शन गरेका हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बहुमतको सुझाव ‘नेतृत्व परिवर्तन’, ओलीको निर्देशन- त्यो कुरा नलेख्नु !
-
फ्रान्सको उत्कृष्ट लय, स्पेन र बेल्जियमको महाभिडन्त (भिडियो)
-
सम्पत्ति जाँचबुझ आयोगको काम तत्काल रोक्न सर्वोच्चको अन्तरिम आदेश
-
सर्वोच्च अदालतमा साउन ११ देखि नियमति सुनुवाइ हुने
-
पुस मसान्तभित्र लेखापरीक्षण गरीसक्न सञ्चारमन्त्रीको निर्देशन
-
सरकारसँग अध्यक्ष बानियाँकाे आग्रह : बीमा व्यवस्था र ट्राफिक जरिवानाको पुनरवलोकन गरियोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण