प्रहरी कार्यालय पुगेकी आस्था भन्छिन्, ‘कानुनअनुसार हुने कारवाही स्वीकार गर्छु’ (भिडियो)
काठमाडौँ । अभद्र व्यवहार मुद्दामा प्रहरीको नियन्त्रणमा रहेकी गायिका आस्था राउतसँग प्रहरीले बयान लिएको छ । बयानपछि राउतलाई सरकारी वकिल कार्यालय लगिएको छ ।
सरकारी वकिल कार्यालय जाने क्रममा राउतले पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै कानुनभन्दा माथि कोही पनि नरहेको र कानुनअनुसार आफूलाई हुने कारवाही सहर्स स्वीकार गर्ने बताइन् ।
उनले भनिन्, ‘कानुनलाई सहयोग गर्न आएकी हुँ । वहाँहरुले सौहार्दपूर्ण वातावरणमा आफ्नो कुराहरु राख्न दिनुभयो । कानुनभन्दा माथि कोही पनि छैन । कानुनअनुसार ममाथि के कारवाही हुन्छ त्यो सहर्स स्वीकार गर्छु । कानुनलाई कसैले नमिचौँ भन्न चाहन्छु ।’
त्रिभुवन विमानस्थलमा कार्यरत प्रहरी जवान रमिशा श्रेष्ठले गायिका राउतले आफूमाथि दुर्व्यवहार गरेको भन्दै प्रहरीसमक्ष उजुरी दिएकी थिइन् ।
माघको पहिलो साता त्रिभुवन विमानस्थलमा राउत र प्रहरीबीच भनाभन भएको थियो । भनाभन भएपछि राउतले त्यसबारे असन्तुष्टि पोख्दै सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सार्वजनिक गरेकी थिइन् ।
भिडियोमा राउतले आफूमाथि दुर्व्यवहार भएको दाबी गर्दै प्रहरीलाई गालीगलौच गरेकी थिइन् । पछि विमानस्थलको सीसीटिभी भिडियो नै मिडियामार्फत सार्वजनिक गरेको प्रहरीले राउतमाथि अभद्र व्यवहारको मुद्दा दर्ता गरेको थियो । सोहीअनुसार आस्थालाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालयले अनुमती दिएको थियो ।
उजुरीपछि राउत सोमबार बिहान आफै प्रहरी कार्यालयमा उपस्थित भएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी सिनेटले सीमा गस्तीका लागि छुट्ट्यायो ७० अर्ब डलरको अतिरिक्त बजेट
-
४४ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान
-
लोकतन्त्र, समाजवाद र नेपालको भविष्य
-
करातेमा कोशी प्रदेशको दबदबा, ३ स्वर्णसहित बन्यो च्याम्पियन
-
रिलिज अगाडि नै उठ्यो ‘ककटेल २’ को आधा लगानी
-
एकता भएको ७ महिनामा पनि नेकपाको केन्द्रीय कार्य समितिले पाएन पूर्णता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण