कैलालीमा नगदसहित १६ जुवाडे पक्राउ
सोमबार, १३ माघ २०७६, १४ : ५७
कैलाली । प्रहरीले गएराति धनगढी उपमहानगरपालिका–३ स्थित एक व्यक्तिको घरबाट नगदसहित १६ जुवाडे पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले प्रहरी टोलीले वडा नं ३ रोस हाउस रेष्टुरेन्ट पछाडि रहेको तिलक अधिकारीको घरमा जुवातास खेलाइराखेको अवस्थामा नगद रु २२ लाख ८२ हजारसहित जुवाडे पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ पर्नेमा रवीन्द्र शाही, धिरेन्द्र चन्द, भुवन कुँवर, तिलक अधिकारी, रमेश खड्का, खेमराज भट्ट, जनक दौल्याल, सन्देश तामाङ, मोहन खड्का, अमित गुरु, प्रेमबहादुर सिंह, सूर्य भट्ट, कालुसिंह धामी, चन्द्रमणि अधिकारी, जयसिंह धामी र मङ्गल ठगुन्ना रहेका प्रहरी नायब उपरीक्षक बस्नेतले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
-
घरेलु कामदारका रूपमा महिलालाई अवैध रूपमा खाडी पठाउने ६ जना पक्राउ, ३१ लाख नगद बरामद
-
मानव अधिकार आयोगको प्रतिवेदन बदनियतपूर्ण रहेको एमालेको निष्कर्ष, भूतप्रभावी कानुन बनाउने सिफारिसमा आपत्ति
-
संविधान संशोधन गर्दा मूल संरचनालाई कुनै पनि हालतमा खण्डित गर्न हुँदैन : रेग्मी
-
क्युबाका राष्ट्रपतिमाथि अमेरिकाले लगायो प्रतिबन्ध
-
१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य असम्भव छैन : डाँगी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण