तस्बिरमा हेर्नुहोस् सानेपामा काँग्रेस–काँग्रेसको ‘भिडन्त’
सोमबार, १३ माघ २०७६, १८ : १२

काठमाडौँ । सोमबार साँझ नेपाली काँग्रेसको पार्टी कार्यालय सानेपामा नेविसंघका कार्यकर्ता आपसमै भिडेका छन् ।
सभापति शेरबहादुर देउवा निकटका नेविसंघका कार्यकर्ता र नेविसंघभित्र ३२ वर्षमुनीको नेतृत्व हुनुपर्ने पक्षमा रहेका कार्यकर्ताबीच झडप भएको हो ।
दिउँसो पनि दुई पक्षबीच झडप भएकोमा अपरान्ह केन्द्रीय समिति बैठक सुरु हुँदै गर्दा फेरि झडप भएको हो । काँग्रेस कार्यालय परिसरमा दुई पक्षीय कार्यकर्ता आपसमा मुक्कामुक्की र ढुंगाहानाहानमा उत्रिएका छन् ।
झडपमा दर्जन बढी नेविसंघका कार्यकर्ता घाइते भएका छन् । यस्तै झडपका क्रममा बैठकमा सहभागी हुन पुगेका नेताहरुको गाडी समेत तोडफोड भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवरण नबुझाउने चितवनका दुई हजार बढी करदाता निलम्बित
-
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
-
तस्बिरमा हेर्नुहोस् शैलुङको सुन्दरता
-
भोजपुरको वाक्चाखामा ‘जाल्पादेवी गुराँस पदमार्ग’ निर्माण
-
एलिनाले गाइन् मर्मस्पर्शी गीत ‘एउटा नाता टुटेपछि...’
-
११ वर्षपछि डाडागाउँ स्वास्थ्य एकाइको नयाँ भवनबाट सेवा सञ्चालन