कंगनाले पद्मश्री पाएपछि आलियाले पठाइन् फूल, बहिनी रंगोलीले फोटो पोस्ट गर्दै उडाइन् मजाक
भारत सरकारले गणतन्त्र दिवसको अवसरमा पद्मश्री पुरस्कारको घोषणा गरेको छ जसमा फिल्मी क्षेत्रका चार दिग्गजको नाम समावेश छ । पद्मश्री अवार्ड पाउनेमा कंगना रनोट, करण जोहर, अदनान सामी र एकता कपुर छन् । अवार्डको घोषणापछि कंगनाले भिडियोमार्फत् आभार दिएकी छिन् । उक्त खबरपछि उनका आफन्त र प्रशंसकलाई उनलाई बधाई दिएका छन् । फिल्म इन्डष्ट्रिबाट पनि उनले बधाई पाइरहेकी छिन् । आलिया भट्टले पनि कंगनालाई बधाई सन्देशका साथै फूलको गुच्छा पठाएकी छिन् । कंगनाकी बहिनी रंगोलीले यसमा मजाक उडाएकी छिन् ।
रंगोलीको ट्वीट यस्तोः
रंगोलीले आलिया भट्टले पठाएको बधाई कार्ड र फूलको गुच्छाको फोटो पोस्ट गर्दै लेखिन्, ‘यो हेर्नुहोस्, आलिया जीले पनि कंगनालाई फूल पठाउनुभएको छ । कंगनाबारे त थाहा छैन तर मलाई निकै रमाइलो लागिरहेको छ ।’
Yeh dekho Alia ji ne bhi Kangana ko phool 💐 bheje hain, Kangana ka pata nahin magar mujhe bahut maza aa raha hai 😁 pic.twitter.com/kvnxgd0uJW
— Rangoli Chandel (@Rangoli_A) January 26, 2020
कंगनाले आलियालाई भनेकी थिइन् औसत नायिकाः
एक अन्तर्वार्तामा कंगनाले आलियालाई औसत दर्जाकी नायिका भनेर गली ब्वोइमा उनले कामको लागि पाइरहेको तारिफमाथि आपत्ति जताएकी थिइन् । उनले भनेकी थिइन्, ‘आलिया र मबीच केही समानता छैन । आलियाले गली ब्वईमा औसत दर्जाको काम गरेकी छिन् । उनले त्यही बोलिरहने युवतीको भूमिका निभाएकी छिन् जुन उनले पहिले पनि निभाउँदै आएकी छिन् । मिडियाले औसत दर्जाका नायिकालाई प्राथमिकता दिन बन्द गर्नुपर्छ ।’
रंगोलीले पनि भनेकी थिइन् तथानामः
त्यसपछि रंगोलीले पनि आलियोको आलोचनाका लागि कुनै मौका छोडेकी थिइनन् । रंगोलीले आलियामाथि अरुको जागिर खोसेको आरोप लगाएकी थिइन् । उनले ट्वीटरमा भनेकी थिइन्, ‘हरेक दिन अरुको काम र अवसर खोस्नु, भीख माग्नु निर्मातासँग कास्टका लागि प्रार्थना गर्नु, गेम खेल्नु, फिल्म आफ्नो पोल्टोमा पार्न सम्पर्कको उपयोग गर्नु, सबै बुझिन्छ, मानिसहरु मूर्ख छैनन् ।’
यद्यपि, कंगना र रंगोलीको कुरामा आलियाले कुनै पनि प्रतिक्रिया दिएकी थिइनन् । उनले भनेकी थिइन्, ‘म कंगनाको निकै इज्जत गर्छु त्यसकारण चुप बस्नेछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण