सिभिल बैंकले गण्डकी प्रदेशमा स्थापना गर्यो कार्यालय
पोखरा– सिभिल बैंक लिमिटेडले आफ्नो गण्डकी प्रदेश कार्यालय तथा शिवचोक शाखा पोखरा महानगरपालिकाको शिवचोक–१० मा स्थापना गरेको छ । बैंकको शाखाको उद्घाटन गण्डकी प्रदेशका मुख्य मन्त्री माननिय पृथ्वी सुब्बा गुरुङले गरेका छन् ।
उद्घाटन कार्यक्रमका मुख्य मन्त्री गुरुङले संघीय गणतन्त्र नेपालको अवधारणा बमोजिम सिभिल बैंकले प्रदेश कार्यालय तथा शिव चोक शाखा गण्डकी प्रदेशको पोखरा शिव चोकमा स्थापना गरी बैंकिङ कारोवार संचालन गरेकोमा खुशी व्यक्त गरे । बैंकको उपस्थितिविना “समृद्ध नेपाल, सुखी नेपाली” हुन नसक्ने र शिवचोक शाखाले यस क्षेत्रको वित्तीय गतिविधिलाई बढावा दिने विश्वास व्यक्त गरे ।
सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले सिभिल बैंकले आफ्ना वचतकर्ताहरु तथा उद्योगी, व्यवसायी, ग्राहकहरुको बैंकिङ आवश्कतालाई केन्द्रविन्दुमा राख्दै अन्य सम्पूर्र्ण सरोकारवालाहरुको हितलाई ध्यानमा राखी आफ्ना सेवा सुविधालाई परिस्कृत गर्दै लैजाने र आफ्नो पहुँचलाई विस्तार गर्दै व्यवसाय अभिवृद्वि गर्दै जाने कुरा बताए ।
सिभिल बैंकका अध्यक्ष इ. इच्छा राज तामाङ्गले सिभिल बैंकलाई यहाँसम्म पु¥्याउन सहयोग गर्नु हुने सम्पूर्णलाई धन्यवाद दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण