बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

नेपाल वायु सेवा निगमले तिर्‍यो वाइडबडीको किस्ता

शुक्रबार, १७ माघ २०७६, १७ : ३४
शुक्रबार, १७ माघ २०७६

काठमाडौं । नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट जहाज खरिद गर्दा लिएको  ऋणको पुष मसान्तसम्मको भुक्तानी गरेको छ । निगमले दुईवटा वाइटबडी र एउटा न्यारोबडीको रकम भुक्तानी गरेको हो ।  

आज एक विज्ञप्ति जारी गर्दै निगमले दुईओटा वाइडवडीको किस्ता रकम रु. ६६ करोड ५५ लाख ९९ हजार ७ सय सत्तरी र न्यारोवडीको रु ३४ करोड ८५ लाख ६४ हजार ६ सय तेइस रुपैयाँ गरी जम्मा रु १ अर्ब १ करोड ४१ लाख ६४ हजार ३ सय ९३ रुपैयाँ भुक्तानी गरेको जानकारी दिएको छ । हरेक ३–३ महिनामा निगमले किस्ता तिर्नुपर्ने हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप