उपत्यकाव्यापी अन्तर विद्यालय स्तरीय बास्केटबल प्रतियोगिता सुरु
काठमाडौं– कन्स्टेलेसन एकाडेमिक गार्डेन हाई स्कुल धुम्वाराहीले उपत्यकाव्यापी अन्तर विद्यालय स्तरीय बास्केटबल प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष तथा नेपाल ओलम्पिक कमिटीका उपमहासचिव पिताम्बर तिमल्सिनाले गरेका छन् ।
उद्घाटन कार्यक्रममा काठमाडौँ महानगरपालीका वडा नं ४का वडाध्यक्ष मोहन ब. विष्ट र स्कुलका प्रिन्सिपल बाबुराम पाण्डेद्वारा विद्यालयको गतिविधि र अतिरिक्त क्रियाकलापमा विद्यालयले जोड दिएको बताए ।
उक्त उद्घाटन सत्रमा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अन्जन श्रेष्ठले खेलले खेल खेल्ने व्यक्ति, समाज र राष्ट्रको गौरव बढाउने बताए ।

उपत्यकाव्यापी अन्तर विद्यालय स्तरीय बास्केटबल प्रतियोगिता माघ १७ देखि २४ गते सम्म सञ्चालनहुने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
प्रतियोगितामा विभिन्न विद्यालयहरुबाट महिला र पुरुष गरी २४ टिम सहभागी भएका छन् । आयोजक विद्यालय कन्स्टेलेसन हाई स्कुल र वाइट हेवेन स्कुल बीच भएको उद्घाटन खेल प्रतिस्पर्धामा आयोजक विद्यालयले २६–१४ले जितेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण