शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

उपत्यकाव्यापी अन्तर विद्यालय स्तरीय बास्केटबल प्रतियोगिता सुरु

शुक्रबार, १७ माघ २०७६, १८ : २७
शुक्रबार, १७ माघ २०७६

काठमाडौं– कन्स्टेलेसन एकाडेमिक गार्डेन हाई स्कुल धुम्वाराहीले उपत्यकाव्यापी अन्तर विद्यालय स्तरीय बास्केटबल प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष तथा नेपाल ओलम्पिक कमिटीका उपमहासचिव  पिताम्बर तिमल्सिनाले गरेका छन् ।

उद्घाटन कार्यक्रममा काठमाडौँ महानगरपालीका वडा नं ४का वडाध्यक्ष मोहन ब. विष्ट र स्कुलका प्रिन्सिपल बाबुराम पाण्डेद्वारा विद्यालयको गतिविधि र अतिरिक्त क्रियाकलापमा विद्यालयले जोड दिएको बताए ।

उक्त उद्घाटन सत्रमा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अन्जन श्रेष्ठले खेलले खेल खेल्ने व्यक्ति, समाज र राष्ट्रको गौरव बढाउने बताए । 

उपत्यकाव्यापी अन्तर विद्यालय स्तरीय बास्केटबल प्रतियोगिता माघ १७ देखि २४ गते सम्म सञ्चालनहुने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।    

प्रतियोगितामा विभिन्न विद्यालयहरुबाट महिला र पुरुष गरी २४ टिम सहभागी भएका छन् । आयोजक विद्यालय कन्स्टेलेसन हाई स्कुल र वाइट हेवेन स्कुल बीच भएको उद्घाटन खेल प्रतिस्पर्धामा आयोजक विद्यालयले २६–१४ले जितेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप