शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवलमा क्यान इन्फोटेक शुरु

शुक्रबार, १७ माघ २०७६, २२ : ४२
शुक्रबार, १७ माघ २०७६

बुटवल ।  बुटवलमा आजदेखी क्यान इन्फोटेक शुरु भएको छ । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघको आयोजनामा बुटलवमा सञ्चालित प्रभु पे क्यान ईन्फोटेक २०२० को शुभारम्भ गर्दै प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले बिज्ञान र प्राविधिक क्षेत्रमा रुचि देखाउनु आवश्यक रहेको बताएका छन् । उनले सबैजसो ब्यक्तिहरु विज्ञान र प्रविधिको विषयमा जानकार हुनुपर्ने बताए । उनले बिज्ञान र प्रविधिको युगमा अझैपनि परम्परागत शिक्षाले केही नहुने तर्क गरे ।

कार्यक्रममा बोल्दै क्यानका केन्द्रीय अध्यक्ष नवराज कुँवरले सबैभन्दा पहिला मेला–महोत्वसको शुभारम्भ क्यानले गरेको भएपनि अन्य मेलाको तुलनामा क्यान मेलामा अझैपनि सोचेअनुसारको फड्को मार्न नसकिएको बताए ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगर पालिका प्रमुख शिवराज सुवेदीले सुचना प्रविधिको शिक्षामा जोड दिन आग्रह गरे । उनले १२ –१५ जनाको समूहमा आएमा बुटवल उपमहानगरपालिकाले निशुल्क तालिम प्रदान गर्ने बताउँदै उनले प्राविधिक क्षेत्रलाई आफुले पनि सदैव साथ दिएको तर्क गरे । उनले बुटवलमा अब एक घरबाट १ जनालाई अनिवार्य आइटी एजुकेशन प्रदान गर्नुपर्ने आवश्यक देखिएको बताए । क्यान महासंघ रुपन्देहीका अध्यक्ष रामुदेव गौतमले क्यानल मेलाले अवलोकनकर्तालाई एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नयाँ आविस्कार र उपकरणको अवलोकन र खरिद गर्न पाउने तथा सरकारले ल्याएको डिजिटल नेपाल फ्रेमवर्क र नेपाल भ्रमण वर्ष २०२० लाई समेत टेवा र्पुयाउने बताए ।

कार्यक्रममा ईक्यान प्रदेश ५ अध्यक्ष रोशन कंडेल,रुपन्देही व्यापार संघका अध्यक्ष बाबुराम बोहरा, कार्यक्रमका मुख्य प्रायोजक प्रभु पेका प्रतिनीधि विजय अधिकारी, नेपाली काँग्रेस बुटवल उपमहानगर उपसभापति बिलमराज भट्टराई, क्यान बरिष्ठ उपाध्यक्ष माधव अर्याल, क्यान सचिव जीवन अधिकारी लगायतले बोलेका थिए ।

माघ १७ गतेदेखि २१ गतेसम्म बुटवलको गोलपार्कस्थित बुटवल बहुमुखी क्याम्पस प्राङ्गणमा सञ्चालन भईरेको मेलामा बिभिन्न क्रियाकलापहरु हुने महासंघका सहसचिव एवं प्रचार संयोजक सुरेश भट्टराईले जानकारी दिए । उनका अनुसार मेलामा स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका सूचना तथा सञ्चार प्रविधि सम्बन्धित कम्पनीहरुका एक सय १० बढी स्टलहरु रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप