ग्रामी पहिरनमा प्रियंका ट्रोल हुँदा आमा मधु चोपडाले भनिन्, ‘उसको शरीर हो, जे मन लाग्छ गरोस्’
प्रियंका चोपडा ६२ औं ग्रामी अवार्डमा आफ्नो रेड कार्पेट पहिरनका कारण केही दिनअघि ट्रोल भएकी थिइन् । उनले राल्फ एण्ड लरेनको गाउन लगाएकी थिइन् जुन निकै बोल्ड थियो । यसैका कारण उनले सोसल मिडियामा अत्यधिक ट्रोलिङको सामना गर्नुपरेको थियो । यस्तोमा हालै उनकी आमा मधु चोपडा मुम्बईको एक कार्यक्रममा पुग्दा मिडियाले प्रियंकाको ट्रोलिङमाथि प्रश्न गरे जसको उनले निकै सटिक जवाफ पनि दिइन् ।
आमाले भनिन्, ‘प्रियंकाको शरीर हो, मन लागेको गरोस्’
मधु चोपडाले ट्रोलिङमा भनिन्, ‘यस्तो भएकोमा मलाई खुसी लागेको छ, यसले प्रियंकालाई थप बलियो बनाएको छ । उनी आफ्नो शर्तमा जीवन बाँच्छिन् । उनले कसैलाई पनि हानी पुर्याइरहेकी छैनन् । यो उनको शरीर हो, मन लागेको गरोस् र उनको शरीर निकै राम्रो पनि छ । जहाँसम्म ट्रोलर्सको प्रश्न छ, उनीहरुको जीवनमा कुनै खुसी छैन । यस्तो भनेर उनीहरुले अरुको ध्यान आफूतर्फ केन्द्रीत गर्न खोजिरहेका छन् । र यस्ता मानिसहरुलाई ध्यान दिन म आवश्यक ठान्दिनँ । जब प्रियंकाले उक्त पहिरन लगाउने भएकी थिइन् तब मलाई फाटो पठाएकी थिइन् । उक्त पहिरन मलाई थोरै चुनौतीपूर्ण लागेको थियो तर उनले निकै राम्रोसँग सम्हालिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण