यसरी सम्पन्न भयो ‘किताब जात्रा २०२०’
काठमाडौं– किताब यात्रा फाउण्डेशनले आयोजना गरेको ‘किताब जात्रा २०२०’ सम्पन्न भएको छ ।
पठन संस्कृतिको विकास गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा कवि सकुन्तला जोशी, नवराज पराजुली र बाबु त्रिपाठीले कविता वाचन गरेका थिए ।
पहिलो सेसन ‘पढ्ने र लेख्नेः के, कस्तो र कसका लागि’ मा लेखक तथा पत्रकार नारायण वाग्ले, आख्यानकार नयनराज पाण्डे, आख्यानकार तथा कवि सरस्वती प्रतीक्षा सहभागी थिए भने कवि मनु मञ्जिलले सहजीकरण गरेका थिए ।
कार्यक्रमको दोस्रो सेसन ‘दशकका सुख दुःखः समाज, साहित्य र समाचार’ मा सहाभागी थिए पत्रकार सुधिर शर्मा, लेखक अर्चना थापा र आहुति । कार्यक्रमको सहजीकरण गरेका थिए सञ्चारकर्मी टीकाराम यात्रीले ।
कार्यक्रमको तेस्रो सेसन थियो ‘पढ्ने बानीः किन पढ्ने?’ सेसनमा सहभागी थिए कलाकार दयाहाङसँगै नबिल बैंकका सिइओ अनिल केशरी शाह र युवा नेतृ मानुषी भट्टराई । सहजकर्ता थिए सञ्चारकर्मी दिलभूषण पाठक ।
कार्यक्रमको चौथो सेसनको नाम थियो– ‘बुक, बिजनेश एण्ड बिलिनियर’ वक्ता थिए विनोद चौधरी र साथमा प्रश्नकर्ता थिए सञ्चारकर्मी टीकाराम यात्री ।
कार्यक्रममा ‘प्रेम साहित्य सम्मान २०२०’बाट लेखक सरुभक्त सम्मानित भए भने २०१९ को बेस्ट सेलर अवार्ड लेखक अमर न्यौपानेको उपन्यास ‘गुलाबी उमेर’लाई प्रदान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण