नेता रघुवीर महासेठविरुद्ध नेकपामा उजुरी
काठमाडौँ । नेकपाको विधानविपरित रघुवीर महासेठलाई स्थायी कमिटी सदस्य मनोनित गरिएको भन्दै उक्त निर्णय सच्याउन माग उठेको छ ।
पार्टीको जारी केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य श्रीप्रसाद साहले महासेठलाई स्थायी कमिटी सदस्यमा मनोनयन गर्दा विधानको पालना नभएको दावी गर्दै जारी केन्द्रीय समिति बैठकमा उजुरी दिएका छन् ।
उनले बैठकमा लिखित निवेदन प्रस्तुत गर्दै २०७५ जेठ ३ मा प्रथम ऐतिहासिक एकता बैठकबाट पारित विधानको धारा ३४ मा केन्द्रीय निकाय तथा विभागका पदाधिकारी र सदस्यको योग्यतासम्बन्धी व्यवस्था गरिएको स्मरणसमेत गराएका छन् ।
विधानको धारा ३४ (ख)मा केन्द्रीय कमिटीको पदाधिकारी र स्थायी कमिटी सदस्य हुन कम्तिमा एक कार्यकाल पोलिटब्यूरो सदस्य हुनुपर्ने छ भन्ने स्पष्ट व्यवस्था रहेको छ । त्यस विपरित महासेठलाई स्थायी कमिटीमा राखिएकोमा साहले विरोध गरेका हुन् ।
महासेठलाई स्थायी कमिटी सदस्यमा विधान विपरीत मनोनयन गरिएपछि प्रदेश २ मा कयौं नेता–कार्यकर्ताले विरोध गरेको भन्दै साहले केन्द्रीय कमिटी बैठकमा लिखित उजुरी नै दर्ज गराउनु परेको जनाएका छन् ।
‘स्मरण रहोस्, कमरेड रघुवीर महासेठ आफ्नो राजनीतिक जीवनमा एक पटकमात्र आठौँ महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित हुनु भएको हो भने दुई पटक मनोनितसम्म हुनु भएको हो, कहीँ कुनै कम्युनिस्ट घटकमा अहिलेसम्म उहाँ पोलिटब्यूरो सदस्यको जिम्मेवारी प्राप्त गर्नुभएको छैन,’ साहले लिखित निवेदनमा भनेका छन् ।
उनले पार्टीको हाल चलिरहेको केन्द्रीय कमिटी बैठकमा टेबल गरिएको विधान संशोधन सम्बन्धी प्रस्तावमा पनि विधानको उल्लेखित धारा ३४ (ख) कहीँ कतै संशोधन, परिमार्जन वा विशेष व्यवस्थाको प्रस्ताव नगरिएको स्मरण गराएका छन् ।
‘अतः पार्टी केन्द्रीय कमिटीको हाल चलिरहेको सम्मानित बैठकसमक्ष पार्टी अन्तरिम विधान २०७५ को रक्षा एवं पूर्ण कार्यान्वयनका लागि यो अवैधानिक निर्णयको अनुमोदन रोक्का गरी निर्णय सच्याइमात्र पार्टी केन्द्रीय सचिवालय र स्थायी समितिको निर्णयहरु अनुमोदन गर्न हुन विनम्रतापूर्वक आग्रह, अनुरोध र माग प्रस्तुत गर्दछु,’ साहको लिखित माग छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण