प्रशान्त तामाङ फेरि नेपाली फिल्ममा
काठमाडौं । इन्डियन आइडलको बिजेता प्रशान्त तामाङ फेरि नेपाली फिल्मको पर्दामा देखिने भएका छन् । ब्रिटिश गोर्खा आर्मीको शाहसिक कार्यको बिषयमा बन्ने ‘गोर्खा वारीयर’मा उनी अभिनेतथाको रुपमा अनुबन्धित भइसकेका छन् ।
फिल्म मिलन चाम्सको निर्देशनमा बन्न दागेको हो । ब्रिटिश गोर्खाआर्मीहरु संसारभर चर्चित छन् । भारतमा नेपाली गोर्खाली सैनिकहरुको त छुट्टै पल्टन गोर्खा राईफल्स नै छ । नेपाल सहित बेलायत, भारत, सिँगापुर, ब्रुनाईलगायत धेरै देशमा वीर गोर्खालीको रुपमा साहसिक कार्यबाट ख्याती कमाएर सेवारत गोर्खा आर्मीहरुको साहसिक कार्यलाई पर्दामा देखाउन फिल्म बनाउन लागेको निर्देशक चाम्सले बताए ।

प्रशान्तले यस अगाडी ‘गोर्खा पल्टन’ नामक फिल्ममा देखिएका थिए । जुन फिल्म सुपरहिट साबित हुन सफल भएको थियो । सन् २०२१ मा रिलिज लक्ष्यसहित बन्न लागेको फिल्मका निर्माता पनि उनी आफै हुन् । फिल्ममा प्रशान्तको अलवा दयाहाङ राई, वर्षा शिवाकोटी, क्याप्टेन विजय लामा, बुद्धि तामाङ, माओत्से गुरुङ, रुपा पुन, कविता आले लगायतको अभिनय रहने भएको छ ।
लन्डन सिने आई प्रोडक्सनले निर्माण गर्ने फिल्मको लेखन प्रदीप भारद्धाजले गरेका छन् । प्राविधिक पक्ष समय फाइनल भएपछि फिल्मको घोषणा हुने निर्देशक चाम्सले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण