संसारको सबैभन्दा ठूलो किताब, तौल १,४२० किलोः पाना पल्टाउन मात्रै चाहिन्छ ६ व्यक्ति
उत्तरी हंगरीको सानो गाउँ सिनपेत्रीमा बस्ने बेला वर्गाले हातैले एउटा किताब बनाएका छन् । उक्त किताब संसारकै ठूलो किताब भएको दाबी गरिन्छ । ७१ वर्षका उनले उक्त किताब बनाउनका लागि किताब बाइन्ड गर्ने पुरानो तरिका अपनाएका छन् । ४.१८ मिटर लामो र ३.७७ मिटर चौडा किताबमा ३४६ पाना छ । यसको तौल १ हजार ४ सय २० किलोग्राम छ । किताबमा इलाकाका वातावरण, गुफा र भूभागको संरचनाबारे जानकारी दिइएको छ ।
बेलाका अनुसार उक्त किताब आफ्नो आकारका साथै यसको निर्माणमा प्रयोग भएको तरिकाका कारण पनि चर्चामा छ । उनले भनेका छन्, ‘यो किताब यो क्षेत्रबारे जानकारी दिने अन्य किताबभन्दा भिन्न छ । यसका लागि काठको टेबल र अर्जेन्टिनाबाट मगाएको गाइको छाला प्रयोग गरिएको छ ।’
किताबको पाना पल्टाउन मात्रै ६ जना आवश्यक पर्ने बताइएको छ ।
किताबको नाम गिनिज बुकमा दर्ता गर्नेः
किताबको एउटा सानो कपी पनि तयार गरिएको छ ता कि किताबको नाम गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ता गराउनका लागि यसको एउटा सानो कपी पनि तयार गरिएको छ । यसको तौल ११ किलोग्राम छ । यी दुई किताबलाई एकसाथ तयार गरिएको थियो । वर्गाले भने, ‘मैले भुटानका प्रधानमन्त्रीबाट विशेष रुपमा चौरीको पुच्छर प्राप्त गरेको छु । भुटानमा चौरीको पुच्छर बौद्ध भिक्षुले पवित्र किताब सफा गर्नका लागि गर्छन् । यो धुलो हटाउनका लागि सबैभन्दा राम्रो मानिन्छ । म यसैमार्फत् किताबको धुलो हटाउँछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण