संघीयताको मर्म अनुसार काम गर्न दिन प्रदेश मन्त्रीहरुको माग
काठमाडौं–भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त कुमार नेम्वाङले सोमबार सातवटै प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्रीलाई बोलाएर मन्त्रालयमा छलफल गरेका छन् ।
सडक तथा भौतिक पूर्वाधार विकासको बारेमा प्रदेशमा के कस्तो काम भइरहेको छ र अगामी दिनमा एक अर्कासँग समन्वय गरेर कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको बताइएको छ ।
यातायात सम्बन्धी संघीय ऐनको बारेमा पनि मन्त्री नेम्वाङले छलफल गरेका छन् । संघीय सरकारले यातायात सम्बन्धी ऐन बनाउन लागेका सन्दर्भमा त्यस विषयमा पनि नेम्वाङले सुझाव मागेको छलफलमा सहभागी प्रदेश नम्बर २ का भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनलले जानकारी दिए । ऐनको ड्राफ्ट तयार भएपछि संघीय मन्त्रीले आफूहरुसँग पुनः छलफल गर्ने बताएको पनि सोनलले जानकारी दिए ।
यातायात तथा सडकमा देखिएको विभिन्न समस्याहरुको बारेमा समेत छलफल भएको बताउँदै मन्त्री सोनलले सडक दुर्घटनाको न्यूनीकरण, यातायातको व्यवस्थापन, स्मार्ट लाइसेन्स वितरण प्रकृया, रिफरेन्स सेन्टरहरु निर्माणलगायतका विषयमा संघीय र प्रदेश मन्त्रीहरुबीच विचार आदानप्रदान भएको जानकारी दिए ।
सो क्रममा मन्त्री नेम्वाङले संघीय सरकारले र प्रदेश सरकारसँग समन्वय गरेर नै काम गर्ने प्रतिवद्धता जनाएका थिए ।
यस्तै संविधानमा उल्लेख भए अनुसार काम गर्न मन्त्री नेम्वाङले प्रदेश मन्त्रीहरुसँग आग्रह गरेका थिए । जवाफमा प्रदेशका मन्त्रीहरुले संघीयताको मर्म अनुसार आफूहरुले काम गर्न नपाएको र त्यसका लागि सहज बनाइदिन आग्रह गरेका छन् ।
देश संघीयतामा गइसकेको अवस्थामा सबै कुरा केन्द्रबाट मात्र नियन्त्रण गर्न नहुने धारणा प्रदेशका मन्त्रीहरुले राखेका थिए । माघको अन्तिमतिर पुनः यस्तै छलफल हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण