ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु
सोमबार, २० माघ २०७६, १५ : ३२
बुटवल । कपिलवस्तुको शिवराज नगरपालिका वडा ५ खैरीमा सोमबार ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी ट्यााक्टर चालक शिवराज नगरपालिका २ हेलवाडिया बस्ने अन्दाजी ५० बर्षको भोला भनिने हर्कमान चौधरीको घटनास्थलमै मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जानकारी दिएको छ ।
पूर्वबााट पश्चिमतर्फ जाँदै गरेको लु १त ७२६६ नम्बरको ट्याक्टर अनियन्त्रित भइ घरको पर्खालमा ठोकिएर दुर्घटना भएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण