आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

लोपोन्मुख गिद्ध घाइते अवस्थामा फेला

मङ्गलबार, २१ माघ २०७६, १२ : ११
मङ्गलबार, २१ माघ २०७६

लोपोन्मुख गिद्ध आज बिहान सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकास्थित महेशबारीमा घाइते अवस्थामा फेला परेको छ । 

इलाका प्रहरी कार्यालय महेशबारीले घाइते अवस्थामा फेला पारेको सो गिद्ध डिभिजन वन कार्यालय लहान सिरहालाई बुझाइएको जनाएको छ । 

गम्भीर घाइते अवस्थामा भेटिएको गिद्धलाई डिभिजन वन कार्यालय सिरहामा राखिएको र औधषोपचार गरिने डिभिजनल वन अधिकृत सुभाषचन्द्र दासले जानकारी दिए । 

उक्त गिद्ध के कसरी घाइते भएको हो र कहाँबाट आएको हो भन्ने खुल्न नसके पनि बिजुलीको तारमा करेन्ट लागेर घाइते भएको हुनसक्ने स्थानीयवासीले अनुमान गरेका छन् । 

लोपोन्मुख गिद्ध धेरै दिनपश्चात् देखापरेपछि गिद्ध हेर्न वन कार्यालयमा घुइँचो नै लागेको प्रमुख दासले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप