लोपोन्मुख गिद्ध घाइते अवस्थामा फेला
मङ्गलबार, २१ माघ २०७६, १२ : ११
लोपोन्मुख गिद्ध आज बिहान सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकास्थित महेशबारीमा घाइते अवस्थामा फेला परेको छ ।
इलाका प्रहरी कार्यालय महेशबारीले घाइते अवस्थामा फेला पारेको सो गिद्ध डिभिजन वन कार्यालय लहान सिरहालाई बुझाइएको जनाएको छ ।
गम्भीर घाइते अवस्थामा भेटिएको गिद्धलाई डिभिजन वन कार्यालय सिरहामा राखिएको र औधषोपचार गरिने डिभिजनल वन अधिकृत सुभाषचन्द्र दासले जानकारी दिए ।
उक्त गिद्ध के कसरी घाइते भएको हो र कहाँबाट आएको हो भन्ने खुल्न नसके पनि बिजुलीको तारमा करेन्ट लागेर घाइते भएको हुनसक्ने स्थानीयवासीले अनुमान गरेका छन् ।
लोपोन्मुख गिद्ध धेरै दिनपश्चात् देखापरेपछि गिद्ध हेर्न वन कार्यालयमा घुइँचो नै लागेको प्रमुख दासले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण