अनिल कपुर मात्रै होइनन्, यी सेलिब्रिटी सँग पनि देखियो दाउदको ‘कनेक्सन’
बलिउड र अण्डरवर्ल्डबीचको सम्बन्ध विवादयुक्त छ । ९० को दशकमा अन्डरवर्ल्डले बलिउडलाई निकै दबाबमा पार्न कोसिस गर्दथ्यो र त्यहि समयमा बलिउडका थुप्रै सेलिब्रिटी अन्डरवर्ल्ड डन दाउद इब्राहिमसँग नजिकिएका थिए । हालै सोनम कपुरले पनि यस्तै तस्बिरमा रियाक्ट गरिन् जसमा उनका पिता अनिल कपुर दाउससँग देखिएका थिए । यहि मौकामा अन्डरवर्ल्डका सदस्यलाई बलिउड सेलिब्रिटीसँग देखिएका ती घटनाबारे जानकारी लिऔं ।
राज कपुरसँग फिल्म राम तेरी गंगा मैलीमा देखिएकी नायिका मन्दाकिनीले केही फिल्मपछि दाउदको हात समातेकी थिइन् । थुप्रै अफवाहले मन्दाकिनीको बलिउड करियरमा दाउदको निकै समर्थन भएको पनि बताउने गरेका छन् ।
सोसल मिडियामा एक व्यक्तिले अनिल कपुर र दाउद इब्राहिमको एउटा तस्बिर सेयर गरेका थिए । यो तस्बिरमा सोनमसँग जवाफ माग्दा उनले आफ्नो प्रतिक्रिया पनि दिएकी थिइन् । उनले भनेकी थिइन्, ‘अनिल कपुर, राज कपुर र कृष्णा कपुर सन् १९९० मा शारजाह गएका थिए क्रिकेट म्याचका लागि । कसैले उनलाई थाहा नदिइकनै तस्बिर खिचेका थिए जबकी उनलाई उनको वरिपरि को–को बसेका थिए भनेर थाहा पनि थिएन ।’
दुबईमा भारत–पाकिस्तान खेलको क्रममा अनिल कपुर अन्डरवर्ल्ड डन दाउद इब्राहिमसँग देखिएका थिए ।
दाउद इब्राहिम र सलमान खानको यो तस्बिर निकै चर्चामा थियो । सलमान खानको फिल्म ‘चोरी चोरी चुपके चुपके’ मा अन्डरवर्ल्डको लगानी भएको पनि बताइन्छ । यो फिल्ममा सलमान खानका साथै प्रिति जिन्टा र रानी मुखर्जीको पनि अभिनय रह्यो ।
यो तस्बिरमा संजय दत्तका पिता सुनिल दत्तलाई पूर्व अन्डरवर्ल्ड डन हाजी मस्तानसँग देख्न सकिन्छ ।
बलिउड निर्माता पहलाज निहलानीले बलिउड सेलिब्रिटीले दाउदसँग किन दोस्ती गर्छन् भन्नेबारे आफ्नो धारणा राखेका छन् । उनले भनेका छन्, ‘ बलिउड कलाकारले आफूमाथि कुनै आँच नआओस् भन्ने उद्देश्य राखेर दाउदसँग दोस्ती गर्छन् । अबू सलेमले बलिउडमा तर्साउने धम्काउने काम गरेका थिए । दाउद वा अन्डरवर्ल्डले आफ्नो पैसा फिल्ममा लगानी गर्दथे । फिल्म इन्डष्ट्रिका केही सेलिब्रिटी आफ्नो सुरक्षा चाहन्थे त्यसकारण पनि उनीहरु दाउदसँग नजिकिएका थिए । केही निर्माता दाउदको माग पूरा गर्दथे किनभने फिल्म इन्डष्ट्रिमा काम गर्नेबेला उनीहरु कुनै पनि दखल नहोस् भन्ने चाहन्थे । यद्यपि, सन् १९९३ मा भएको मुम्बई बिस्फोटपछि बलिउड र अन्डरवर्ल्डबीचको सम्बन्धमा पूर्ण विराम लाग्यो ।’
संजय दत्तले आफ्नो एक बयानमा मुम्बई पुलिसलाई भनेका थिए, ‘मलाई फिरोज खानले दुबईमा एउटा पार्टीका बेला दाउद इब्राहिमसँग परिचय गराएका थिए ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण