शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

चीनलाई मन नपराउनेले कोरोना भाइरसबारे अनावश्यक भ्रम फैलाएः प्रचण्ड

बुधबार, २२ माघ २०७६, १६ : ०७
बुधबार, २२ माघ २०७६

पोखरा । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छिमेकी राष्ट्र चीनमा फैलिएको कोरोना भाइरसबारे अनावश्यक भ्रम फैलाइएको बताएका छन् । 

चीनलाई मन नपराउनेहरुले उसलाई त्रसित बनाउन अनावश्यक भ्रम फैलाएको प्रचण्डको भनाइ छ । 

बुधबार पोखरामा पत्रकारहरुसँग कुराकानी गर्दै प्रचण्डले भ्रमण वर्षको मुखैमा चीनमा कोरोना भाइरसको प्रकोप फैलिइरहँदा नेपालको पर्यटनमा थोरै समस्या देखिए पनि केही समयमै समस्या हल हुने बताए । 

प्रचण्डले एमसीसीलाई पार्टीले हल्का रुपमा नलिएको पनि बताएका छन् । कार्यदलको रिपोर्टका आधारमा एमसीसीबारे थप निर्णय गरिने बताए । 

‘एमसिसीको विषयमा टुंगो लगाउन पार्टीले कार्यदल बनाएको छ, कार्यदलको प्रतिवेदन आइसकेपछि, हामी राष्ट्रिय हितलाई प्राथमिकता दिन्छौं । गम्भीर रुपमा लिएका छौं भन्ने कुरा त अध्ययन कार्यदल बनाएकोबाटै पुष्टि हुन्छ,’ प्रचण्डले भने । 

प्रचण्डले संयुक्त राज्य अमेरिका या अरु कुनै कुटनीतिक सम्बन्ध भएका देशसँग नकारात्मक ढंगले सोच्ने पक्षमा आफूहरु नरहेको पनि प्रष्ट्याए । 

यस्तै प्रचण्डले हालै सम्पन्न नेकपा केन्द्रिय कमिटी बैठकले एकतापछि दुवै पक्षका नेता कार्यकर्तालाई अन्तरघुलन गराउन मद्दत मिलेको बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप