आज हल्का वर्षाको सम्भावना
बिहीबार, २३ माघ २०७६, ०८ : ०५
मौसम पूर्वानुमान महाशाखाले आज हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले जारी गरेको पूर्वानुमानमा देशको पूर्वी र पश्चिमी पहाडी भू–भागका केही स्थानमा वर्षाको सम्भावना रहेको हो ।
महाशाखाका अनुसार अहिले नेपालमा कुनै पनि उल्लेखनिय मौसमी प्रणाली छैन । भने देशका पहाडी भूभागका केही स्थानमा आंशिक बदली भएको छ ।
यसैगरी आज दिनभर देशका पुर्वी र मध्य पहाडी भू–भागमा अपरान्हपछि आंशिकदेखि सामान्य बदली रही पश्चिमका पहाडी भूभागमा आंशिक बदली रहनेछ। साथै, अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ।
राति भने देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भाग सामान्यतया सफा रहने छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण