अन्तरिक्षमा ३२८ दिन, आज पृथ्वी फकिँदै क्रिस्टीना कोच
अन्तरिक्षमा सबैभन्दा लामो सयम व्यतित गरेर अमेरिकी अन्तरिक्ष यात्री क्रिस्टीना कोच आज पृथ्वीमा फर्किँदैछिन् । उनले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा ३२८ दिन व्यतित गरेकी थिइन् ।
उनले अन्तरिक्ष स्टेशनमा गरिएको विभिन्न प्रयोग र मिशनलाई पूरा गर्न पृथ्वीमा फर्किँदै छिन् । उनीभन्दा पहिले अन्तरिक्षमा कुनै पनि महिलाले यति लामो समय अन्तरिक्षमा विताएका थिएनन् ।
पछिल्लो रेकर्डका अनुसार अमेरिकी अन्तरिक्ष यात्री पेगी विटसनले २०१६–१७ मा स्टेशन कमान्डरको रुपमा २८८ दिनसम्म अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा रहेकी थिइन् । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका अनुसार उक्त मिशनमा चन्द्रमा र मंगल मिशनको लागि महत्त्वपूर्ण डाटाहरु संकलन गर्न सफलता मिलेको थियो ।
कोचसँग युरोपेली अन्तरिक्ष एजेन्सीकी अन्तरिक्ष यात्री लूका परमितानो र रुसका अन्तरिक्ष यात्री एलेक्जेन्डर स्क्वोत्सरेव पनि सहभागी थिए । यो कोचको पहिलो अन्तरिक्ष मिथन थियो । उनी लगातार लामो समयसम्म अन्तरिक्षमा बस्ने पहिलो महिला बनेकीछिन् ।
अन्तरिक्षमा ३२८ दिन आफ्नो प्रवासको दौरान कोचले ५,२४८ चक्कर लगाएर १३.९ करोड किलोमिटर यात्रा गरेकी छिन् । यो २९१ पटक चन्द्रमामा पुगेर फर्किने दूरी हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण