माधवनारायणको ‘परदेश यात्रा’ चाँगुनारायण पुग्दा जे देखियो...
माधवनारायण स्वास्थानीका व्रतालुहरु शनिवार चाँगुनारायण पुगेका छन् । १ महिने स्वास्थानी व्रतका क्रममा माधवनारायणलाई विभिन्न स्थानको भ्रमण गराउने प्रचलनअनुरुप व्रतालुहरु शनिवार भक्तपुरको चाँगुनारायण पुगेका हुन् । एक महिने माधवनारायण स्वस्थानीका ब्रतालु विधि एवम रितले उपत्यकाका अन्य नदी तलाउमा पूजापाठ तथा स्नान गर्छन्।
माधव नारायणलाई विभिन्न स्थानको दर्शन गराउने काम तिथिअनुसार हुन्छ । यसलाई माधवनारायणको ‘परदेश यात्रा’ भनिन्छ । व्रतालुले माघ कृष्ण त्रयोदशीदेखि ‘परदेश यात्रा’ सुरु गर्छन् । माघ शुक्ल एकादशीका दिन साँखुबाट चाँगुनारायण स्थानको यात्रा गरिन्छ । भोलिपल्ट चाँगुबाट साँखु फर्कने परदेश यात्राको नियम छ ।
पौष शुक्ल पूर्णिमादेखि सुरू भएको ब्रत माघ शुक्ल पूर्णिमासम्म लाग्नेछ। माधवनारायणको व्रत बस्ने व्रतालुले पूर्णिमाको अघिल्लो दिन हात र गोडाको नङ काटी, एकचित्त भई, निराहार बस्ने, पूर्णिमाको बिहानै नदीमा स्नान गरी पूजा गर्ने, शङ्खजल ग्रहण गरी मन्त्रोच्चारण गर्ने प्रचलन छ।
मन्त्रोच्चारण गरेपछि शङ्खजल ग्रहण गरेपछि कसैलाई छुन नहुने तथा जुत्ता लगाउन नहुने परम्परा छ। माधव नारायणको पूजा नगरेमा स्वस्थानीको व्रत र पूजा अधुरो रहने बताइन्छ। स्वस्थानी र माधव नारायणको पूजा गरेमा सुख, शान्ति र समृद्धि मिल्ने धार्मिक विश्वास छ ।
खाली खुट्टा साँखुदेखि हिँडेर चाँगुनारायण आइपुगेका व्रतालुहरुहरु भोलि अब शालीनदी फर्कने छन् । स्वस्थानीका व्रतालुले माधवनारायणको दर्शन नगरे व्रत पूरा नहुने र फल प्राप्त नहुने धार्मिक विश्वाससमेत छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादमा तानिएका राष्ट्रपतिका आर्थिक विज्ञद्वारा राजीनामा
-
फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
-
आमिर खानले गरे ‘सरफरोश २’को घोषणा
-
सरकारसँगको सहमति पालना नभएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको प्रदर्शन (तस्बिरहरू)
-
संसदीय छानबिन समिति गठनमा प्रधानमन्त्री सकारात्मक : कांग्रेस
-
सभामुखले बोलाए दलका प्रमुख सचेतकहरूको बैठक