शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

सशस्त्र प्रहरीको सक्रियता : धनुषाको राजस्व सङ्कलन लक्ष्यभन्दा उच्च

बिहीबार, २३ माघ २०७६, १७ : ०७
बिहीबार, २३ माघ २०७६

काठमाडौँ । चालु आर्थिक वर्षको पछिल्लो ६ महिनामा सशस्त्र प्रहरी बल नेपाल ८ नम्बर गण धनुषाले तीन करोड भन्दा बढी राजस्व सङ्कलन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको भन्दा उच्च हो ।

आर्थिक वर्ष २०७५/०७६ मा १ करोड ७९ लाख ३ हजार ८ सय ४९ रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । चालु आर्थिक वर्षमा गएको वर्ष भन्दा तीन गुणाको हराहारीमा बढी राजस्व संकलन भएको सशस्त्र प्रहरी धनुषाको तथ्याङ्कमा उल्लेख छ ।

साउनदेखि माघ २० गतेसम्म ३ करोड १९ लाख ४४ हजार ७ सय ५६ रुपैयाँ राजस्व संकलन गरी जनकपुर भन्सार कार्यालयलाई बुझाइएको धनुषाका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) राजेश उप्रेतीले रातोपाटीलाई जानकारी दिए ।

साउन मसान्तमा ७१ लाख ४१ हजार ३ सय ६० रुपैयाँ, भदौमा २३ लाख ८१ हजार ५ सय २१ रुपैयाँ, असोजमा ४१ लाख २१ हजार ५ सय ११ रुपैयाँ, कात्तिकमा ७६ लाख ९९ हजार ८ सय ३८ रुपैयाँ, मंसिरमा ४४ लाख १७ हजार ४ सय ४१ रुपैयाँ र पुसमा २४ लाख ३१ हजार ८ सय ५ रुपैयाँ संकलन भएको एसपी उप्रेतीले बताए ।

एसपी उप्रेतीले आफ्नो कार्यकालमा २०७६ असोज ५ गते धनुषाको जनकन्दनी गाउँपालिका–१ इनर्वास्थित रेल्वे स्टेशनको भवनमा बिओपी इनर्वाको समेत स्थापना गरी सञ्चालनमा ल्याएका छन् ।

त्यस्तै, सशस्त्र प्रहरीले हालसम्म ५८ केजी ९८० सय ग्राम चाँदी, १ सय २६ ग्राम सुन समेत बरामद गरेको छ । बाघको छाला, हतियार जस्ता अवेध सामग्री पनि बरामद गरिएको सशस्त्र प्रहरी धनुषाले जनाएको छ ।

यता ६ ठाउँमा हेल्प डेस्क समेत स्थापना गरिएको छ । यस्तै ४ पटकसम्म सशस्त्र प्रहरीले रक्तदान कार्यक्रमको आयोजना गरिएको जनाएको छ ।

एसपी उप्रेतीको कार्यकालमा ७१ स्थानमा सरसफाई कार्यक्रम आयोजना भएको सशस्त्र प्रहरीले धनुषाले जनाएको छ । ४० पटक जनचेतनामूलक तथा कक्षा सञ्चालन कार्यक्रम पनि भएको जनाएको छ ।

सशस्त्र प्रहरी धनुषाले शान्ति सुरक्षासँगै लागुऔषध गाँजा फडानीमा पनि सक्रियता देखाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप