सशस्त्र प्रहरीको सक्रियता : धनुषाको राजस्व सङ्कलन लक्ष्यभन्दा उच्च
काठमाडौँ । चालु आर्थिक वर्षको पछिल्लो ६ महिनामा सशस्त्र प्रहरी बल नेपाल ८ नम्बर गण धनुषाले तीन करोड भन्दा बढी राजस्व सङ्कलन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको भन्दा उच्च हो ।
आर्थिक वर्ष २०७५/०७६ मा १ करोड ७९ लाख ३ हजार ८ सय ४९ रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । चालु आर्थिक वर्षमा गएको वर्ष भन्दा तीन गुणाको हराहारीमा बढी राजस्व संकलन भएको सशस्त्र प्रहरी धनुषाको तथ्याङ्कमा उल्लेख छ ।
साउनदेखि माघ २० गतेसम्म ३ करोड १९ लाख ४४ हजार ७ सय ५६ रुपैयाँ राजस्व संकलन गरी जनकपुर भन्सार कार्यालयलाई बुझाइएको धनुषाका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) राजेश उप्रेतीले रातोपाटीलाई जानकारी दिए ।
साउन मसान्तमा ७१ लाख ४१ हजार ३ सय ६० रुपैयाँ, भदौमा २३ लाख ८१ हजार ५ सय २१ रुपैयाँ, असोजमा ४१ लाख २१ हजार ५ सय ११ रुपैयाँ, कात्तिकमा ७६ लाख ९९ हजार ८ सय ३८ रुपैयाँ, मंसिरमा ४४ लाख १७ हजार ४ सय ४१ रुपैयाँ र पुसमा २४ लाख ३१ हजार ८ सय ५ रुपैयाँ संकलन भएको एसपी उप्रेतीले बताए ।
एसपी उप्रेतीले आफ्नो कार्यकालमा २०७६ असोज ५ गते धनुषाको जनकन्दनी गाउँपालिका–१ इनर्वास्थित रेल्वे स्टेशनको भवनमा बिओपी इनर्वाको समेत स्थापना गरी सञ्चालनमा ल्याएका छन् ।
त्यस्तै, सशस्त्र प्रहरीले हालसम्म ५८ केजी ९८० सय ग्राम चाँदी, १ सय २६ ग्राम सुन समेत बरामद गरेको छ । बाघको छाला, हतियार जस्ता अवेध सामग्री पनि बरामद गरिएको सशस्त्र प्रहरी धनुषाले जनाएको छ ।
यता ६ ठाउँमा हेल्प डेस्क समेत स्थापना गरिएको छ । यस्तै ४ पटकसम्म सशस्त्र प्रहरीले रक्तदान कार्यक्रमको आयोजना गरिएको जनाएको छ ।
एसपी उप्रेतीको कार्यकालमा ७१ स्थानमा सरसफाई कार्यक्रम आयोजना भएको सशस्त्र प्रहरीले धनुषाले जनाएको छ । ४० पटक जनचेतनामूलक तथा कक्षा सञ्चालन कार्यक्रम पनि भएको जनाएको छ ।
सशस्त्र प्रहरी धनुषाले शान्ति सुरक्षासँगै लागुऔषध गाँजा फडानीमा पनि सक्रियता देखाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण