साइकल चोरलाई जेलः अदालतले भन्यो, ‘पीडितले कार चलाउनुपर्यो, यसले वातावरणमा क्षती’
युरोपेली देश बेल्जियम । यहाँको जनसंख्या १.१४ करोड छ । यहाँ करिब ९० प्रतिशत मानिसले वातावरण प्रदुषण हुनबाट रोक्न र फिट रहन साइकलको प्रयोग गर्छन् । यस्तोमा बेल्जियमको अदालतले एक साइकल चोरलाई तीन वर्षको जेल सजाय तोकेको छ । अदालतले साइकल चोरी भएका कारण पीडितले कार चलाउनुपर्यो जसका कारण धुँवाले पर्यावरण दुषित पार्यो ।
अदालतले यो सजायलाई ‘इकोलोजिकल क्राइम’ नाम दिएको छ । ब्रसेल्सका ४० वर्षीय एक व्यक्तिले सन् २०१८ को अक्टोबरमा एउटा साइकल चोरेका थिए । यसका लागि पीडितले उजुरी दिएका थिए । केही समयपछि पुलिसले चोर पक्राउ गरे जुन अदालतसम्म पुग्यो ।
सुनुवाईको क्रममा न्यायाधीसले भने, ‘आरोपीले प्रदुषण बढाउन भूमिका निभाएका छन् जसलाई नजरअन्दाज गर्न सकिँदैन । यसका लागि उनलाई तीन वर्षको जेल सजाय हुनेछ । यतिमात्रै होइन न्यायाधीसले आरोपीको मुद्दा लड्ने र उनको रक्षार्थ खटेका वकिललाई पनि सजाय सुनाइएको छ ।
आरोपी ४४ पटा पक्राउ परेर १२ वर्षको सजाय काटिसकेका छन्
स्थानीय मिडिया अनुसार साइकल चोर्ने ती व्यक्ति सन् १९९५ देखि २०१९ को बीचमा ४४ पटक पक्राउ परिसकेका छन्े । साथै यो मामलामा उनले १२ वर्षको जेल सजाय काटिसकेका छन् । यति हुँदा हुँदै पनि उनले साइकल चोर्न छोडेनन् । उता युनिभर्सिटी अफ एक्सेटरका प्राध्यापक क्याटरियोना म्याककिनोनले भने, ‘चोरलाई सजाय दिनु सही हो तर पर्यावरणको हवाला दिनु नियमविरुद्ध हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण