सारा अली खानलाई ‘वान नाइट स्ट्यान्ट’ बारे प्रश्न सोध्दा आफैं डराइन् करिना कपुर, हेर्नुहोस् भिडियो
सेफ अली खान र उनकी जेठी श्रीमती अमृता सिंहकी छोरी सारा अली खान सेफकी दोस्रो श्रीमती करिना कपुर खानको च्याट शोमा पाहुनाको रुपमा उपस्थित भइन् । उक्त कार्यक्रममा साराले उनको प्रेम र नीजि जीवनबारे थुप्रै प्रश्न पनि सोधेकी छिन् । यतिमात्रै होइन, करिनाले सारासँग उनको ‘वान नाइट स्ट्यान्ड’ फोनमा ‘नटी मेसेज’ पठाएको जस्ता नीजि प्रश्न पनि सोधेका छन् । सारा अली खानले करिनाको शोमा आफ्नो मोटोपनाबारे पनि कुरा गरेको देख्न सकिन्छ ।
करिना कपुर खानको रेडियो शो ‘ह्वाट वुमन वान्ट’ को दोस्रो सिजनको नयाँ एपिसोडमा सारा अली खान आजकालको प्रेमबारे कुरा गरिरहेकी छिन् । करिनाले सारालाई सोधिन्, ‘के तिमीले कहिल्यै कसैलाई नटी टेक्स्ट पठाएको छौ ?’ तर यो प्रश्न सोध्ने बित्तिकै करिनाले थपिन्, ‘खासमा म यो जान्न चाहन्नँ तर आशा गर्छु कि तिम्रो पिताले यो सबै सुनिरहेका छैनन् ।’ यसको जवाफमा सारा भन्छिन्, ‘छ’ । यो सुन्ने बित्तिकै करिनाले भन्छिन्, ‘म यो कुरा तिम्रो पितालाई भन्न सक्छु, हो नि ?’ यसको जवाफमा सारा भन्छिन्, ‘हो, सायद उहाँले यो शो हेरिरहनुभएको होला ।’ करिनाले भन्छिन्, ‘ठिक छ सेफ, म घर आएर भन्नेछु ।’ त्यसपछि साराले तुरुन्त भन्छिन्, ‘नाईं, त्यस्तो नगर्नुहोस् ।’
यसका साथै करिनाले सारालाई ‘वन नाइट स्ट्यान्ड’ बारे पनि सोधिन् । यसको जवाफमा उनले ‘छैन’ भनिन् । यद्यपि, यो प्रश्न सोध्नुअघि करिना भन्छिन्, ‘मलाई थाहा छैन, यो प्रश्न मैले तिमीलाई सोध्नु ठिक छ छैन तर ठिक छ, हामी मोर्डन परिवार हौं । के तिमीले कहिल्यै वान नाइट स्ट्यान्ड गरेका छौ ?’ यसमा साराको जवाफ सुनेपछि करिना भन्छिन्, ‘धन्य, यो राहतको कुरा हो ।’
सारा अली खान आजकाल आफ्नो फिल्म ‘लभ आजकाल’ को प्रोमोशनमा व्यस्त छिन् । यो फिल्ममा सारा र कार्तिक आर्यनको जोडी देख्न सकिन्छ । लभ आजकाल फेब्रुअरी १४ तारिखमा रिलिज हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण