३७ सय यात्री बोकेको क्रुजभित्रका ६१ जनामा भेटियो कोरोना भाइरस
जापानको योकोहामा नजिकै क्वारेन्टाइनको लागि छोडिएको क्रुजभित्रका अन्य ४१ जनामा कोरोना भाइरस भेटिएको छ । यससँगै क्रुजभित्र संक्रमितको संख्या ६१ पुगेको छ ।
३७ सय यात्री बोकेको डायमण्ड प्रिन्सेस क्रुज पछिल्लो दुई हप्तादेखि योकोकामामा छोडिएको छ ।
हङ्गकङ्गका ८० वर्षे एक व्यक्ति कोरोना भाइरसका कारण बिरामी परेपछि जहाजभित्रका अन्य यात्रीमाथि पनि परीक्षण सुरु गरिएको हो ।
यसका साथै वर्ल्ड ड्रिम नामको अर्को क्रुज जहाजका आठ पूर्व यात्रीमा कारोना भाइरस भेटिएपछि हङ्कङमा क्वारेन्टाइनका लागि छोडिएको छ ।
३६ सय यात्री बोकेको उक्त जहाजमा अहिलेसम्म कसैमा पनि भाइरसको संक्रमण देखिएको छैन ।
डायमण्ड प्रिन्सेसमा नयाँ संक्रमित भेटिएपछि जापानमा संक्रमितको संख्या ८६ पुगेको छ । यो चीन पछिको दोस्रो ठूलो संख्या हो ।
‘बाँकी १७१ जनाको स्वास्थ्य परीक्षणको नतिजा आएको छ जसमध्ये ४१ जनामा यसको संक्रमण भेटियो,’ जापानका स्वास्थ्यमन्त्री कात्सुनोबु कातोले भने ।
‘उनीहरुलाई आज विभिन्न प्रान्तका अस्पतालमा पठाइनेछ । हामी यसैका लागि तयारी गरिरहेका छौं,’ उनले भने ।
यसअघि पत्ता लागेका २० जना संक्रमितलाई अस्पतालमा राखिएको छ ।
६१ संक्रमित बिरामीहरु यी देशका छन्ः
– जापानः २८ जना
– अमेरिकाः ११ जना
– अष्ट्रेलिया, क्यानडाः ७ जना
– चाइनाः ३ जना
– यूके, न्यूजिल्याण्ड, ताइवान, फिलिपिन्स, अर्जेन्टिनाः १
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
