मौसमी भाइरल ज्वारोबाट सिङ्गो गाउँ नै प्रभावित
नुवाकोट । बेलकोटगढी नगरपालिका–११ को उपल्लो तिगाउँमा मौसमी भाइरलको कारण गाउँनै प्रभावित भएको छ । पछिल्लो तीन दिनदेखि देखिएको मौसमी भाइरलको कारण गाउँको प्रत्येक घरका सदस्य बिरामी देखिएको वडाध्यक्ष रामहरि पाण्डेले जानकारी दिए ।
उनको अनुसार बिरामी भएकामध्ये बिहीबारदेखि बेलकोट स्वास्थ्यचौकीबाट गएको अनमी उषा सिंह र कमला पाण्डेसहितको टोलीले उपचार शुरु गरेको छ । अहिलेसम्म ५४ को उपचार गरिएको छ । करिब ५० घरधुरी रहेको उक्त गाउँका बासिन्दालाई उच्च ज्वरो, रुघाखोकी, रक्तचाप भएका बिरामी प्रत्येक घरमा पाइएको उपचारमा संलग्न अनमी पाण्डेले जानकारी दिए ।
तामाङ समुदायको बाहुल्यता रहेको उक्त गाउँका बासिन्दा बिरामी हुनुका कारण दूषित खानेपानी भएको हुनसक्ने अनुमान गरिएको छ । जनचेतनाको कमीका कारण उनीहरुको उपचारसहित स्वच्छ पानी पिउन अपिल गरिएको छ भने रोग फैलन नदिन आफूहरु सक्रिय भएर लागिरहेको वडाध्यक्ष पाण्डेले जानकारी दिए ।
गत सोमबारदेखि फैलन शुरु भएको ज्वरोको कारण गाउँनै प्रभावित भएको जानकारी स्थानीय कमलबहादुर तामाङले वडाध्यक्षलाई जानकारी गराएपछि नगर प्रमुख राजेन्द्ररमण खनाल र प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्सालसँगको समन्वयमा स्वास्थ्यकर्मी र औषधिसहितको टोली लिएर वडाध्यक्ष पाण्डेले घरघरमै पुगेर बिरामीको उपचार अघि बढाएका हुन् ।
बिरामी हुनेमा वृद्धवृद्धा र बालबालिका बढी छन् । उनीहरुलाई स्वास्थ्यकर्मीको निगरानीमा राखेर उपचार गराउँदै आएको स्वास्थ्यचौकीका अनमी कमला पाण्डेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण