अख्तियार प्रमुखलाई गुलाफको फूल दिन पाइएन : साझा पार्टी
काठमाडौँ । साझा पार्टीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेलाई ‘गुलाफको फूल’ दिन नपाइएको गुनासो गरेको छ ।
बालुवाटार प्रकरणमा १७५ जना विरूद्ध भ्रष्टाचारको मुद्दा दायार गर्नु स्वागतयोग्य भएको भन्दै साझा पार्टीका नेता तथा कार्यकर्ताले शुक्रबार अख्तियार प्रमुखलाई ‘गुलाफको फूल’ उपहार दिन प्रयास गरेको तर सफल हुन नसकेको सो पार्टीका प्रवक्ता डा.सूर्यराज आचार्यले जनाएका छन् ।
विज्ञप्ति जारी गर्दै उनले आयोगले मुद्दा दर्ता गर्दा कतिपयलाई उन्मुक्ति दिएको विरोधमा सिटी जुलुस आयोजनासमेत गरिएको प्रष्ट पारेका छन् । यस क्रममा आफ्ना नेता–कार्यकर्ताहरु पक्राउ परेको उनले जनाएका छन् ।
‘बालुवाटार जग्गा प्रकरणमा पहुँचका आधारमा कयौँलाई उन्मुक्ति दिइएको विरोधमा प्रदर्शन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग अगाडि शान्तिपूर्णरूपमा भेला भेला भएका साझा पार्टीकी बागमती प्रदेश संयोजक समिक्षा बास्कोटा लगायत एक दर्जनभन्दा बढी नेतालाई प्रहरीले अनाहकमा गिरफ्तार गरेको घटनाको साझा पार्टी घोर भत्सर्ना गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
वर्तमान सरकारले संविधानद्वारा सुनिश्चित नागरिक स्वतन्त्रतालाई कुण्ठित गर्न बारम्बार दुस्साहस गरिरहेको जिकिर गर्दै साझा पार्टीले शान्तिपूर्णरूपमा भेला हुन र विरोध गर्न पाउनु संवैधानिक हक भएको पनि स्मरण गराएको छ । ‘साझा पार्टीले सोही अधिकारको उपयोग गरिरहेको थियो,’ विज्ञप्तिमा भनिएको छ, ‘संवैधानिक स्वतन्त्रताको हकलाई बारम्बार कुण्ठित गर्न खोज्दा सरकार बढ्दोरूपमा अनुदार लोकतन्त्रतर्फ उन्मुख हुँदै गएको हाम्रो आशंकालाई पुष्टि गर्दछ ।’
गिरफ्तार भएका साझा पार्टीका सबै नेता तथा शुभेच्छुकलाई तुरून्त रिहा गर्न पनि माग गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण