सिन्धुपाल्चोक चौकी आक्रमण : घाइते असईलाई काठमाडौँ पठाइयो
सिन्धुपाल्चोक । अज्ञात समूहको आक्रमणबाट घाइते भएका प्रहरी सहायक निरीक्षक (असई) सन्तोष कुमार झालाई थप उपचारको लागि काठमाडौँ लगिएको छ । घाइते असईको नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको छ ।
शनिबार मध्यराति सिन्धुपाल्चोकको तिपेनीस्थित प्रहरी चौकीमा अज्ञात समूहको आक्रमणबाट असई झासहित हवल्दार हरिबहादुर मगर घाइते भएका थिए । हवल्दार मगरको मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।
मेलम्ची नगरपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकाको सीमानामा अवस्थित सो चौकीमा मोटरसाइकलमा आएका १०–१२ समूहले आक्रमण गरेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी प्रमुख इन्सपेक्टर फलबहादुर तामाङले बताए ।
इन्सपेक्टर तामाङका अनुसार मापसे गरेर हो–होल्ला गर्दै आएको समूहले आक्रमण गरेको हो । उनले भने, ‘राति मापसे गरेर हो–हल्ला गर्दै आएपछि प्रहरीले हल्ला नगर्न आग्रह गर्दा उल्टै प्रहरीमाथि आक्रमणको प्रयास भएको हो ।’
प्रहरी चौकीमा आक्रमण भएपछि प्रहरीले आत्मरक्षाका लागि ४ राउण्ड हवाइ फायर गरेको सिन्धुपाल्चोकका एसपी प्रज्वल महर्जनले रातोपाटीलाई जानकारी दिए । एसपी महर्जन पनि रातारात आफै घटनास्थलमा पुगेका थिए ।
प्रहरीले आक्रमणकारी मध्येका एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनखानीका सोम थिङ रहेका छन् । यस्तै आक्रमणकारीले प्रयोग गरेको २ वटा मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
