‘महाभारत’ बारे दीपिकाले मुख खोलिन्ः भनिन्, ‘साधारण फिल्मको तुलनामा पाँच गुणा ठूलो फिल्म’
वास्तविक कहानीमा आधारित ‘छपाक’ मा अभिनय गरेपछि दीपिका पादुकोण पौराणिक कथामा आधारित महाभारतमा काम गर्ने भएकी छिन् । यो फिल्ममा दीपिका द्रोपदीको भूमिकामा देखिनेछिन् । महाभारत फिल्मको विषयमा चार महिना अघि नै खबर आइसकेको थियो तर त्यसपछि फिल्मबारे कुनै चर्चा भएको छैन । फिल्मको विषयमा अब दीपिका पादुकोणले आफ्नो मुख खोलेकी छिन् ।
मिड डेको एक रिपोर्ट अनुसार दीपिकाले आफ्नो अपकमिङ फिल्म महाभारतबारे भनिन्, ‘म फिल्मबारे हल्ला गर्दै यसको घोषणा गर्नुपर्छ भन्ने विश्वास राख्दिनँ । मैले यो प्रोजेक्टलाई निकै सोच विचार गरेर लिएकी हुँ । म छपाकको प्रोमोशनमा व्यस्त थिएँ, त्यसकारण यो फिल्मका लागि बसेर छलफल गर्ने समय नै थिएनँ । हामीले अझैं कास्ट र क्रु पनि फाइनल गर्नुपर्छ ।’
महाभारत अरु फिल्मजस्तो होइनः
महाभारतमा दीपिका दोस्रो पटक निर्माताको रुपमा काम गर्नेछिन् । उनले फिल्मको जिम्मेवारीबारे बयान गर्दै भनिन्, ‘महाभारत बनाउनु भनेको अरु फिल्म बनाएजस्तो होइन । प्रोडक्सन स्केलदेखि बजेट र कस्ट्युमसम्म, यसमा पाँच गुणा बढी मेहनत लाग्नेछ । म कम समयमा यो गर्न सक्दिनँ । यो मेरो अहिलेसम्मको सबैभन्दा महत्वाकांक्षी प्रोजेक्ट हो ।’
यो फिल्मलाई दीपिका मधु मंटेनासँग मिलेर निर्माण गर्नेछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण