फिल्म हलमा घेरिए बिराज
काठमाडौं । गत असोजमा दशैको छेको पारेर प्रदर्शनमा आएको ‘छ माया छपक्कै’ पछि कुनैपनि फिल्मले राम्रो दर्शक पाउन सकेको थिए । त्यसैले होला नेपाली दर्शकले फिल्म हेर्ने छोडे भनेर फिल्मकर्मीले प्रतिक्रिया दिन थालेका थिए । तर, शुक्रबारबाट प्रदर्शनमा आएको अभिनेता विराज भट्टको फिल्म ‘साङ्लो’ ले भने शुरुवाती व्यवसाय राम्रो गर्न सफल भएको छ । फिल्मले मल्टिप्लेक्समा दर्शक तान्न नसकेपछि सिंगल थिएटरमा भने शुक्रबार र शनिबार राम्रो दर्शक पाएको छ ।
‘साङ्लो’ले शुक्रबार र शनिबार सिंगल थियटरमा राम्रो दर्शक पाएको वितरक गोपाल कायस्थले जानकारी दिए । कायस्थका अनुसार शनिबार फिल्मले धेरै सिंगल थियटरमा हाउसफुलको ब्यवसाय गरेको छ ।

‘तिहारपछि हलको बिहानी सो चलेको थिएन । यो फिल्मले फेरि चलाएको छ । यसमा हामी एकदमै खुसी छौ’ कायस्थले थपे ‘विराजको एक्सनका कारण हलमा दर्शक देखिए ।’ फिल्मलाई दर्शकबाट भने मिश्रित प्रतिक्रिया आएको छ ।
फिल्मप्रति दर्शकको प्रतिक्रिया बुझ्न शनिबार अभिनेता विराज, अभिनेत्री निकिता चाण्डकका साथ पुगेका थिए । सो अवसरमा उनी दर्शकबाट घेरिएका थिए । हुटिङ र ताली समेत दर्शकबाट भरपुर पाएका विराजसँग सेल्फी खिच्न दर्शकको हानाथाप समेत परेको थियो । फिल्म विराजले निर्माण तथा निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण