कोरोना भाइरसको डरले रोक्न सकेन सामूहिक विवाह (फोटोफिचर)
दक्षिण कोरियामा फेमिली फेडरेशन फर वर्ल्ड पिस एण्ड युनिफिकेसनले आयोजना गरेको सामूहिक विवाहमा हज्जारौं जोडी प्रणय सूत्रमा बाँधिए ।
दक्षिण कोरियाको राजधानी सोउलस्थित ग्याप्योन्गिनमा रहेको चियोङ्गसिम पिस वर्ल्ड सेन्टरमा उक्त सामूहिक विवाहको आयोजना भएको हो । यद्यपि, चीनको बुहानबाट सुरु भएको कोरोनाभाइरसको संक्रमणको डर भने दक्षिण कोरियामा पनि व्याप्त छ ।
दक्षिण कोरियामा कोरोनाभाइरसका २४ जना संक्रमित भेटिएका छन् ।
उक्त समारोहमा कतिले मास्क लगाएका थिए तर कतिले मास्क लगाउन अनिवार्य ठानेनन् ।
समारोहमा ६० देशका ६ हजार व्यक्ति विवाह बन्धनमा बाँधिएका हुन् । युनिफिकेशन चर्चमा यस्तो सामूहिक विवाहको आयोजना सन् १९६० देखि हुँदै आएको छ ।
विवाहमा
सरिक भएकाहरुको कोरोनाभाइरसको लक्षण परीक्षण गरिएको थियो । यद्यपि, दक्षिण कोरियाका अन्य ठूला कार्यक्रम भने रद्द भएका छन् । यद्यपि, उक्त चर्चले चिनियाँ जोडीलाई भने प्रतिबन्ध लगाएको थियो ।

युनिफिकेशन चर्चले ३० हजार जनालाई मास्क त वितरण गरेको थियो तर सबैले त्यो लगाएनन् ।





खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
-
दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु
-
सहमति र एकताको पहल नभए नयाँ बाटो तय गर्न बाध्य हुनेछौँ : विमलेन्द्र निधि
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण