नोवेल कोरोना भाइरस संक्रमितका लागि सेती प्रादेशिक अस्पतालमा छुट्टै उपचार कक्ष
कैलाली । सेती प्रादेशिक अस्पतालले नोवेल कोरोना भाइरसका संक्रमित विरामीका लागी छुट्टै उपचार कक्ष निर्माण गरेको छ ।
सुदुरपश्चिम प्रदेशमा खुल्ला सीमानाका भएको ले भाइरसले ठुलो रुपलिन सक्ने भन्दै अस्पतालले पूर्व तयारी का लागी छुट्टै उपचार कक्ष निर्माण गरेको हो ।
कक्षमा कडाखालको रुघा खोकी ज्वरोको लक्षण देखेका विरामीलाई पनि उपचार गरिने अस्पतालका सुपरिटेन्डेन्ट डा.हेमराज पाण्डेले बताए ।
माहामारीको कहरका रुपमा फैलिएको सो भाइरसबाट वच्न अस्पतालले पूर्व तयारीका लागि ४ बेडको छुट्टै कक्ष निर्माण गरिएको उनले बताए ।
‘अहिल्यै भाइरसको सङ्क्रमण देखिएको छैन,’ उनले भने, ‘त्यस्ता विरामी आउना साथ कक्षमा उपचार गरिने प्रावधान छ ।’
खुल्ला सिमानाका कारण भाइरसले यस प्रदेशमा जोखिम ल्याउन सक्ने भन्दै सतर्कता अपनाउन सामाजिक विकास मन्त्रालयको मन्त्रीस्तरीय बैठकले नीतिगत निर्णयसमेत गरिसकेको छ ।
प्रदेशमा भाइरसको संक्रमण फैलन नदिन मन्त्रालयल र स्वास्थ्य कार्यालयले स्थानीय तहसँग समन्वय गरी सीमा नाकाहरूमा हेल्थ डेस्क सञ्चालन गर्न पनि तयार गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण