रसुवागढी नाकामा निर्माणाधीन सुख्खा बन्दरगाहमा कामदारको अभाव

कोरोना भाइरसका कारण रसुवागढी नाकामा निर्माणाधीन सुक्खा बन्दरगाह निर्माणमा कामदारको अभाव देखिएको छ । यही मङ्सिरदेखि निर्माण सुरु भए पनि कामदारको अभावमा निर्माण कार्य प्रभावित भएको हो ।
गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरेमा निर्माणाधीन सुक्खा बन्दरगाहका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण भएको छ । लाङटाङ राष्ट्रिय निकुञ्जको पाँच हेक्टर, स्थानीय बासिन्दाको ५८ रोपनी र विभिन्न सरकारी स्वामित्वमा रहेको एक सय नौ रोपनी गरी साढे आठ हेक्टर जग्गा अधिग्रहण गरी सकिएको छ ।
चिनियाँ लगानीमा चिनियाँ पक्षले नै निर्माण गरेर नेपाल सरकारलाई हस्तान्तरण गर्ने द्विपक्षीय सम्झौता भएको छ ।
त्यहाँ कार्यरत २४ चिनियाँ कामदार नयाँ वर्ष मनाउन चीन गएका थिए । अहिले नौ जना कामदार छन् । चीनमा फैलिएको कोरोना भाइरसका कारण उनी निर्माणस्थलमा आउन नपाएका हुन् । निर्माण कार्यमा नेपाली कामदार संलग्न भए पनि पर्याप्त छैनन् । बन्दरगाह निर्माणका लागि पर्याप्त कामदार नहुँदा कामले गति लिन नसकेको इन्टरमोडल यातायात विकास समितिका सभिल इन्जिनियर प्रमोद आचार्यले बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा हेमनाथ खतिवडाले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
तीन वायुको प्रभाव कायमै, कहाँ-कहाँ छ वर्षाको सम्भावना ?
-
कति पुग्यो अमेरिकी डलर, युरो, पाउण्ड, स्विस फ्र्याङ्क र दिराम, दिनार तथा रियालको मूल्य ?
-
सुरु भयो योे वर्षको सगरमाथा आरोहण, ४२१ जना चुचुरो चुम्ने प्रतिक्षामा
-
पाल्पा र गुल्मीको सङ्गमस्थल रुरु क्षेत्रमा ‘शालिग्राम महोत्सव’