रसुवागढी नाकामा निर्माणाधीन सुख्खा बन्दरगाहमा कामदारको अभाव
कोरोना भाइरसका कारण रसुवागढी नाकामा निर्माणाधीन सुक्खा बन्दरगाह निर्माणमा कामदारको अभाव देखिएको छ । यही मङ्सिरदेखि निर्माण सुरु भए पनि कामदारको अभावमा निर्माण कार्य प्रभावित भएको हो ।
गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरेमा निर्माणाधीन सुक्खा बन्दरगाहका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण भएको छ । लाङटाङ राष्ट्रिय निकुञ्जको पाँच हेक्टर, स्थानीय बासिन्दाको ५८ रोपनी र विभिन्न सरकारी स्वामित्वमा रहेको एक सय नौ रोपनी गरी साढे आठ हेक्टर जग्गा अधिग्रहण गरी सकिएको छ ।
चिनियाँ लगानीमा चिनियाँ पक्षले नै निर्माण गरेर नेपाल सरकारलाई हस्तान्तरण गर्ने द्विपक्षीय सम्झौता भएको छ ।
त्यहाँ कार्यरत २४ चिनियाँ कामदार नयाँ वर्ष मनाउन चीन गएका थिए । अहिले नौ जना कामदार छन् । चीनमा फैलिएको कोरोना भाइरसका कारण उनी निर्माणस्थलमा आउन नपाएका हुन् । निर्माण कार्यमा नेपाली कामदार संलग्न भए पनि पर्याप्त छैनन् । बन्दरगाह निर्माणका लागि पर्याप्त कामदार नहुँदा कामले गति लिन नसकेको इन्टरमोडल यातायात विकास समितिका सभिल इन्जिनियर प्रमोद आचार्यले बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा हेमनाथ खतिवडाले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय बजार मूल्यलाई आधार मानेर औषधिको मूल्य समायोजन गर्ने प्रस्ताव
-
लगातार ३० दिन केरा खाँदा शरीरमा आउँछन् यस्ता परिवर्तन
-
नयाँ योजनाभन्दा पुराना कार्यक्रमलाई अभियानका रूपमा निरन्तरता दिँदै धनगढी उपमहानगर
-
रौतहट प्रहरीको वार्षिक उपलब्धि : ६ करोडको तस्करीका सामान बरामद, ४४८ फरार प्रतिवादी पक्राउ
-
फिस्लिङमा पहिरो जाँदा सडक अवरुद्ध
-
रुसद्वारा युक्रेनमा ब्यालिस्टिक मिसाइल र ड्रोन प्रहार, कम्तीमा आठ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण