गरिबीमा आधारित १ अर्ब ३० करोडमा बनेको ‘प्यारासाइट’: संसारभरी १९ अर्ब कमायो, चार ओस्कार पनि जित्यो
दक्षिण कोरियाली फिल्म ‘प्यारासाइट’ ले ९२ औं एकेडेमी अवार्डमा बेस्ट पिक्चरसहित चार ठूला अवार्ड आफ्नो पोल्टोमा पार्यो । ओस्कारको इतिहासमा बेस्ट पिक्चरको अवार्ड जित्ने यो पहिलो विदेशी भाषाको फिल्म हो । १ अर्ब ३० करोडमा बनेको यो फिल्मले थुप्रै ठूला फिल्मलाई पछार्दै यो स्थान हासिल गरेको हो । यसमा अमेरिकी फिल्म ‘जोकर’, ब्रिटिश वार एपिक ड्रामा’ र ब्रिटिश अमेरिकी फिल्म ‘वन्स अपन अ टाइम इन हलिउड’ समावेश छन् ।
बजेटभन्दा १४ गुणा बढी कमाई गरेको थियोः
बंग जून होको निर्देशनमा बनेको ‘प्यारासाइट’ लाई क्वाक सिन ऐले निर्माण गरेका थिए । बक्स अफिसमा फिल्मले ठूलो सफलता हासिल गरेको थियो । फिल्मले विश्वव्यापी बजेटभन्दा १४ गुणा बढी (१९ अर्ब रुपैयाँ) कमाई गरेको थियो । रोचक कुरा के छ भने यसमा घरेलु बक्स अफिसको २१.८ प्रतिशत हिस्सा मात्रै छ । जबकी कमाईको बाँकी ७८.२ प्रतिशत हिस्सा संसारका अन्य देशबाट आएको हो ।
ओस्कारको प्यारासाइटको परिणाम ६६.६ प्रतिशतः
ओस्करमा ‘प्यारासाइट’ को परिणाम ६६.६ प्रतिशत रह्यो । वास्तवमा, यो फिल्मलाई ६ विधा – बेस्ट पिक्चर, बेस्ट इन्टरनेशनल फिल्म, बेस्ट डायरेक्सन, बेस्ट ओरिजिनल स्क्रिनप्ले, बेस्ट प्रोडक्सन डिजाइन र बेस्ट एडिटिङमा मनोनित गरिएको थियो । यीमध्ये सुरुवाती चार विधामा फिल्मले ओस्कर अवार्ड हासिल गर्यो । जबकी बेस्ट प्रोडक्सन डिजाइनको अवार्ड ‘वन्स अपन अ टाइम इन हलिउड’ र बेस्ट एडिटिङको अवार्ड ‘फोर्ड एण्ड फरारी’ ले पायो ।
प्यारासाइटको कहानीः
फिल्म ‘प्यारासाइट’ को कहानी निकै मार्मिक छ र यसमा समाजिक व्यवस्थाको विषय उठान गरिएको छ । कहानी दुई दक्षिण कोरियाली परिवारसँगै अघि बढ्छ । उनीहरु दुबै शहरमा बस्छन् तर एउटा परिवार निकै धनी र अर्को असाध्यै गरिब हुन्छन् । दुई परिवारको दैनिक संघर्ष देखाइएको छ तर दुबैका आवश्यकता नितान्त फरक छन् । फिल्ममा परिवार, धन, देखावटी र बदलाको भावनालाई संवेदनशीलताका साथ पर्दामा उतारिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
-
युद्ध चर्किएसँगै अमेरिकाद्वारा ट्राभल एड्भाइजरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण